जनकपुरमा बेवारिसे अवस्थामा शिशु फेला

जनकपुरमा बेवारिसे अवस्थामा शिशु फेला

जनकपुरधाम : प्रदेश २ सरकारले बेटी बचाऊ, बेटी पढाऊ अभियान चलाइरहेको बेला जनकपुर बेवारिसे शिशु फेला परेको छ। जनकपुर उपमहानगरपालिका ७ स्थित जानकी नगरको पतंजली योग साधना केन्द्रको उत्तरमा रहेको झ्याङमा मंगलबार साँझ अन्दाजी ४/५ दिनको शिशु फेला परेको हो।

स्थानीयले चिच्याइरहेको अवस्थामा बच्चा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनको उद्धार गरेर हाल जनकपुर अञ्चल अस्पतालमा भर्ना गराएको छ।

झ्याङमा फालिएको अवस्थामा भेटिएको शिशुको उपचार भइरहेको र हाल उनको अवस्था सामान्य रहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। अनैतिक सम्बन्धबाट छोरी जन्मेपछि फालेको हुन सक्ने प्रहरीको अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.