२० वर्षमा बन्यो बसपार्क

२० वर्षमा बन्यो बसपार्क

फिदिम : स्थानीयले जग्गा उपलब्ध गराएको २० वर्षपछि फिदिम नगरपालिका–२ पल्लोटारमा बसपार्क निर्माणले पूर्णता पाएको छ । दोस्रो पटक उद्घाटन गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ । बसपार्कको काम शतप्रतिशत पूरा भएको निर्माण कम्पनीका सुपरभाइजर सन्तोष थापाले बताए । ‘अधिकांश काम सकिएको छ’, उनले भने, ‘काम सकिएकाले बसपार्क उद्घाटनको तयारी छ ।’

पूर्वाधार र सम्भाव्यता हेरेर मात्र पार्किङ गर्ने अडान यातायात व्यवसायीले लिएपछि उद्घाटन गरिए पनि बसपार्क सञ्चालनमा आएको थिएन । तत्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले चार वर्षअघि बसपार्क उद्घाटन गरेका थिए । पर्याप्त पूर्वाधार नभएको भन्दै यातायात व्यवसायीले सवारी साधन पार्किङ गर्न अस्वीकार गरेका थिए ।

उनीहरूले फिदिम–१ स्थित फिदिम उच्च माविको जग्गामा गाडी पार्किङ गर्दै आएका छन् । नयाँ सहर आयोजनाले पूर्वाधार निर्माणका लागि बजेट छुट्याएपछि साढे सात रोपनी जग्गा प्राप्त भएको दुई दशकमा मात्र बसपार्क निर्माणले पूर्णता पाएको हो । आयोजनाले बसपार्क निर्माणका लागि १ करोड ८७ लाख ८६ हजार रुपैयाँ लगानी गरेको छ ।

त्यसअघि बजेट अभावका कारण बसपार्क लथालिंग अवस्थामा थियो । ‘आयोजनाले पूर्वाधार निर्माणलाई पनि प्राथमिकता दिने गरेको छ’, आयोजनाका सूचना अधिकारी रामप्रसाद सापकोटाले भने, ‘बजेट छुट्टिएपछि बसपार्क निर्माणको काम सकिएको छ ।’

सरकारले पटक–पटक गरी २० लाख बजेट बसपार्कको पूर्वाधार निर्माणमा छुट्याएको थियो । जसबाट चर्पी, यात्रु प्रतीक्षालय र टिकट काउन्टरका लागि भवन बनाइएको थियो ।

हिम्दुङ एन्ड थोकर÷पाथीभरा÷शुभकामना जेभी निर्माण कम्पनीले बसपार्क निर्माणलाई पूर्णता दिएको हो । कम्पनीले दुई वर्षभित्र काम सक्ने गरी २०७३ फागुन ३० गते आयोजनासँग सम्झौता गरी काम अघि बढाएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.