‘समृद्धिका लागि उद्योग सञ्चालन गरौँ’, संघीयमन्त्री : ‘कर्मचारीले संघीयता धरापमा’, प्रदेशमन्त्री

‘समृद्धिका लागि उद्योग सञ्चालन गरौँ’, संघीयमन्त्री : ‘कर्मचारीले संघीयता धरापमा’, प्रदेशमन्त्री

सिरहा : संघीय उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकलाई समृद्ध बनाउन उत्पादनमुलक उद्योगमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन्। 

शुक्रबार सिरहाको गोलबजार नगरपालिकाको उद्योग व्यापार संघका नवनिर्वाचित पदाधिकारीको पद्स्थापना तथा शपथग्रण कार्यक्रममा मन्त्री यादवले यस्तो बताएका हुन्।  

सोही मञ्चबाट प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कर्मचारी संघीयतालाई आत्मसात नगरेको गुनासो पोखे। संघीय उद्योगमन्त्री यादवले बाहिरबाट सामान ल्याएर बेच्ने कामले मुलुक नबन्ने भन्दै आफैँले उत्पादन नगरेसम्म यो मुलुकको अवस्थामा नफेरिने बताए। 

‘दैनिक युवाको ठूलो समूह वैदेशिक रोजगारीमा पलायन भइरहेका छन्, देशमा रोजगारी सिर्जना गरी त्यस्ता युवालाई रोक्न सके मुलुक समृद्धिको दिशामा अगाडि बढ्छ,’ मन्त्री यादवले भने,‘त्यसको लागि व्यवसायीले आफूलाई हिम्मत गरेर उत्पादनमुलक उद्योग सञ्चालनमा ल्याउनै पर्छ।’ 

सोही कार्यक्रमा प्रदेशका आर्थिक मामिला विजयकुमार यादवले संघीयता अझैपनि संक्रमणकालमै रहेको बताए। 

‘संघीयता विरोधीले आज पनि विभिन्न खालको भ्रम फैलाइरहेका छन्। त्यसमा कर्मचारी तन्त्रले संघीयतालाई आत्मसात गर्न सकेको छैन्,’ उनले भने, ‘स्थानीय, प्रदेश तथा संघीय निर्वाचन पश्चात सरकार बनेको वर्षदिन बितिसक्दा पनि कर्मचारी संघीयताको अभ्यासमा आउन आनाकानी गरिरहेका छन्।’ 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.