एउटै बसपार्क दुईपटक उद्घाटन

एउटै बसपार्क दुईपटक उद्घाटन

फिदिम : पाँचथरको फिदिम नगरपालिका–२ पल्लोटारमा बनाइएको बसपार्क दोस्रो पटक उद्घाटन गरिएको छ। शनिबार आयोजित उद्घाटन कार्यक्रममा मेयर ओनाहाङ नेम्बाङले रिबन काटे। त्यस्तै, प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले पानसमा बत्ती बाले।

यसअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले २०७१ वैशाख १ गते बसपार्क उद्घाटन गरेका थिए। तर, पर्याप्त पूर्वाधार नभएको भन्दै यातायात व्यवसायीले बसपार्कमा सवारी साधान पार्किङ गर्न मानेका थिएनन्। ‘पहिले पर्याप्त पूर्वाधार निर्माण नगरी बसपार्क उद्घाटन गरिएको थियो’, मेयर नेम्बाङले भने, ‘अहिले पर्याप्त पूर्वाधार भएकाले पुनः बसपार्क उद्घाटन गरिएको हो।’

पहिलो पटक उद्घाटनपछि नयाँ सहर आयोजनाले बसपार्कमा १ करोड ८७ लाख ८६ हजार रुपैयाँ लगानी गरेको छ। तर, अझै व्यवसायी असन्तुष्ट देखिएका छन्। ‘बसपार्कमा सुरक्षा व्यवस्था छैन’, यातायात व्यवसायी संघ पाँचथरका अध्यक्ष नीलम गिरीले भने, ‘बसपार्कमा अझै पर्याप्त पूर्वाधार छैन।’

पूर्वाधार र सम्भाव्यता हेरेर मात्र गाडी पार्किङ थालिने उनले बताए। ‘उद्घाटन गरेर मात्र बसपार्क सञ्चालनमा आउन सक्दैन’, उनले भने, ‘स्थानीय सरकारले सुरक्षाको ग्यारेन्टीसहित थप पूर्वाधार विकास गर्नुपर्छ।’ बसपार्कमा प्रहरी चौकी राखिनुपर्ने उनीहरूको माग छ। यात्रु प्रतीक्षालय, काउन्टर र पार्किङका लागि पर्याप्त ठाउँ नभएको व्यवसायीको भनाइ छ।

स्थानीयले २० वर्षअघि जग्गा उपलब्ध गराएका थिए। व्यवसायीले फिदिम उच्च माविको जग्गामा अस्थायी पार्किङ गर्दै आएका छन्। स्थानीय सरकारले चासो नदिए फेरि बसपार्क सञ्चालन नहुने स्थानीय कमल नेम्बाङले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.