धुलोले स्कुलमा हैरानी

धुलोले स्कुलमा हैरानी

जनकपुरधाम : धुलोका कारण धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ स्थित राष्ट्रिय प्राविका विद्यार्थी र शिक्षक आजित भएका छन्। यसबाट पठनपाठन प्रभावित भएको छ। एक सातामा ५० भन्दा बढी विद्यार्थी बिरामी भएको प्रधानाध्यापक विमला अधिकारीले बताइन्।

विद्यालय हाताभित्र रहेको सडक बालुवाले पुरेपछि धुलो उड्दा समस्या भएको शिक्षक बताउँछन्। सडकमा सवारी साधन गुड्दा धुलो उडेर सीधै कक्षाकोठामा पुग्छ। यसले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा गम्भीर असर परिरहेको प्रधानाध्यापक अधिकारीको भनाइ छ। २० देखि २५ प्रतिशत विद्यार्थी मात्र नियमित आउने गरेको उनको भनाइ छ।

यसबारे वडा र नगरपालिकाको ध्यानाकर्षण गराए पनि कसैले वास्ता नगरेको उनले सुनाइन्। ‘विद्यालयको अवस्था सुधार गर्न जनप्रतिनिधिले चासो नदेखाउँदा दुःख लागेको छ’, उनले भनिन्। ‘सडकमा दिनहुँ पानी हाले पनि एकछिनमै फेरि धुलो उड्न थाल्छ’, उनले भनिन्।

डेस्क, बेन्च पनि धुलाम्मे बन्छ, सफा गरिरहनुपर्छ। यसमा सरोकारवालाको ध्यानाकर्षण नहुनु विडम्बना भएको शिक्षक बताउँछन्। ‘समस्या समाधान गर्न सडकमा बालुवा हटाएर तत्काल माटो पुर्नुपर्छ’, उनले भनिन्, ‘या त विद्यालय परिसर भएरै सवारी साधन चल्न रोक लगाउनुपर्छ।’

विद्यालय व्यवस्थापन समिति पनि छैन। समितिका पूर्वअध्यक्ष गंगवा यादवले जनप्रतिनिधिको लापरवाहीले विद्यालयको अवस्था दयनीय बन्दै गएको बताए। ‘जनप्रतिनिधि आएपछि विद्यालयमा सुधार हुने अपेक्षा थियो’, उनले भने, ‘तर, उनीहरूले बेवास्ता गर्दा अवस्था झन् बिग्रिन थालेको देख्दा दुःख लागेको छ।’ सडकको बालुवा व्यवस्थापन गरी विद्यालयको पठनपाठनमा सुधार ल्याउन जनप्रतिनिधिले चासो देखाउनुपर्ने उनको भनाइ छ।

विद्यालयमा शौचालय पनि छैन। विद्यार्थी खुला ठाउँमा दिसापिसाब गर्छन्। ‘विद्यालयको पठनपाठन सुधार्न नगरपालिकाले अविलम्ब धुलो व्यवस्थापन र शौचालय निर्माण गर्नुपर्छ’, अधिकारीले भनिन्, ‘नत्र समस्या बल्झिँदै जानेछ।’

मेयर योगेन्द्र पजियारले सडक कालोपत्रे गर्न बालुवा हालिएको बताए। तर, स्थानीयले विवाद गरेका कारण कालोपत्रे गर्न नसकिएको उनको भनाइ छ। उनका अनुुसारविद्यालय बाटोमा परेकाले अर्को ठाउँमा सार्न बजेट छुट्याइएको छ। ‘विद्यालयका लागि रामसागर रामस्वरुप गुठी जग्गा दिन तयार छ’, उनले भने, ‘चाँडै सम्झौता गरी भवन निर्माण सुरु गर्ने तयारी थालेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.