विद्युत नहुँदा ३ दिनदेखि बैंकको सेवा अवरुद्ध

विद्युत नहुँदा ३ दिनदेखि बैंकको सेवा अवरुद्ध

सिमकोट : सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखा तीनदेखि बन्द भएकाे छ। बैंकलाई विद्युत आपूर्ति गर्दै आएको तल्छडी जलविद्युत आयोजनाको विद्युत उत्पादनमा समस्या भएपछि बैंकको सेवा अवरुद्ध भएको हो।

बैंकमा तीस हजारको चेक साँट्न सर्केगार्ड गाउँपालिका ८ को राहदेबबाट चार घण्टा पैदल हिडेर आएपनि बैंकमा कारोबार नहुँदा खाली हात फर्कनु परेको पल्लबी ऐडीले बताइन्। बैंकको काम नहुने थाहा पाएको भए म घरबाटै आउने थिइन ऐडीले अन्नपूर्णसँग भनिन् -'पकेटमा घरखर्च चलाउने पैसा छैन्। बैंक आउँदापनि बन्द भएकाले निकै समस्या भयो।'

पावर जेनेरेटर मेसिनमा खराबी आएर विद्युत आपूर्ति बन्द हुँदा मंसिर २५ गतेदेखि सिटिजन्स बैंकको कुनैपनि काम नभएको सर्केगाढ शाखाका असिस्टेन्ट धनराज बुढाले जानकारी दिए। जिल्ला सदरमुकाम सिमकोटदेखि १ दिनको पैदल दुरीमा रहेको सर्केगाढमा बैंक स्थापना भएपछि सानो कारोबारपनि बैंकबाट गर्ने बानी परेका आफूलाई निकै समस्या भएको उनापानीका शिक्षक प्रेम फडेराले बताए। उनका अनुसार बैंकको कुनै कारोबार नभएपछि जिल्ला बाहिर पढ्न गएका विद्यार्थीलाई रकम पठाउन समेत निकै सकस भएको छ।  

बैंकमा कारोबार बन्द भएको जानकारी नपाएका स्थानीय बासिन्दा २/३ दिनको पैदल हिडेर सर्केगाढ आउने गर्छन् बैकका असिस्टेन्ट बुढाले भने, -'बैंकमा आएर कारोबार नगरी फर्काउनु पर्दा हामीलाई पनि निकै नराम्रो लाग्ने गरेको छ।'  

गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले जलविद्युत अायाेजनामा देखिएकाे समस्या कहिले समाधान हुन्छ यकिन नभएपनि अायाेजनाकाे उपभोक्ता समितिलाई आफूले खबर गरिहेको बताए । उनले  गाउँपालिकाले हस्तक्षेप गरेर भएपनि छिट्टै विद्युत सूचारु गरिने जानकारी दिए । 
विद्युत आपूर्ति बन्द भएपछि सर्केगाढ गाउँपालिकाका ६ वडाका वस्तीहरु अन्धकार हुनुका साथै त्यस क्षेत्रका विद्यालयमा कम्प्युटर कक्षाहरु समेत अवरुद्ध भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.