घाम लागेपछि मात्रै सुरु हुन्छ जिल्ला अस्पतालमा उपचार

घाम लागेपछि मात्रै सुरु हुन्छ जिल्ला अस्पतालमा उपचार

सिमकोट : हिमपातले अत्याधिक जाडो बढेपछि जिल्ला अस्पताल हुम्लामा  घाम लागेपछि मात्र बिरामीको उपचार हुने गरेको छ। उपचारका लागि अस्पताल आएका बिरामीलाई घाम लागेको समयमा खुलाचौरबाटै उपचार सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. टसी लामाले जानकारी दिए। 

जिल्ला अस्पताल हुम्लाले बिरामीलाई चेकचाँज गर्दै आएको एक कोठा रंग लगाउने कार्य भैरहेको र अन्य कोठाभित्र अत्याधिक जाडो भएपछि गएको शुक्रबारदेखि खुलाचौरमै उपचार गर्न लागिएको डा. लामाले बताए। 

जिल्ला स्वास्थ्य कार्यालयमा प्रशस्त भवन भएपनि कोठामा हिटर र अन्य व्यवस्था नभएपछि सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पातल आउने बिरामीलाई खुलाचौरमै सेवा प्रदान गर्न लागिएको हो। 

जाडो र मौसम परिवर्तनसँगै बिरामीको संख्यामा वृद्धि भएर दैनिक ५० देखि ६० सम्मका बिरामीको चाँप हुन थालेपछि सबै बिरामीलाई अस्पताल परिसरकै चौरमा टेवल उपचार सुरु गरिएको जिल्ला अस्पताल स्रोतले जनाएको छ।

जिल्लाको एक मात्रै अस्पताललाई सुविधा सम्पन्न बनाउनुभन्दा न्यूनतम मापदण्ड समेत पूरा नभएपछि बिरामीलाई अस्पतालका चिकित्सकले खुलाचौरबाटै उपचार सेवा प्रदान गरेको समान्य स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पतालमा आएका दाने खड्काले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.