अफगान युद्ध राेक्न अमेरिका र तालिबानी समूहबीच वार्ता

अफगान युद्ध राेक्न अमेरिका र तालिबानी समूहबीच वार्ता

यूएई : अफगानिस्तानमा १७ वर्षदेखि जारी युद्ध अन्त्यको लागि पहल गर्न भन्दै अमेरिकी उच्च अधिकारी र तालिबानीबीच भेटवार्ता भएको छ ।

यूनाइटेड अरब इमिरेट्समा सोमबार भएको वार्तामा साउदी, पाकिस्तानी र दुबईका प्रतिनिधि पनि सहभागी भएको तालिबानी प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् ।

कतारका लागि अमेरिकी राजदूत जाल्मे खालिलजादले यो वार्ता अन्तर अफगान संवादको लागि एक पहल भएको बताएका थिए । साथै अफगानिस्तानको द्धन्द्ध अन्त्य हुने विश्वास पनि उनले लिएका छन् ।

‘हामीले लामो समयदेखि नै के भन्दै आएका थियौँ भने, राजनीतिक रोडम्यापबारे छलफलका लागि अफगानीहरु आपसी सम्मान सहित तयार भएपछि मात्रै अफगानिस्तानमा युद्ध अन्त्य हुने छ,’ खालिलजादले भने । द्धन्द्ध अन्त्यको लागि तालिबान सहित अन्य इच्छुक समूहरुसँग वार्ता र संवादलाई निरन्तरता दिने पनि उनले बताएका छन् ।

अफगानी अधिकारीहरु भने सोमबारको वार्तामा सहभागी हुने अपेक्षा गरिएको थिएन । अफगान सरकारलाई अमेरिकी ‘पपेट’को आरोप लगाउँदै उनीहरुसँग प्रत्यक्ष वार्तामा नबस्ने तालिबानी समूहको अडानका कारण पनि अफगानी अधिकारीहरु सहभागी नहुने बुझिएको थियो । अमेरिकी प्रतिनिधि खालिलजादले यसअघि नै अफगानी अफगानी प्रतिनिधिहरुसँग छलफल गरिसकेका थिए ।

तालिबानले भने एक महिनाअघि नै कतारमा खालिलजादसँगको वार्ताबाट तीन उपलब्धि भएको भन्दै विज्ञप्ति नै जारी गरेको थियो । सेप्टेम्बरमा नियुक्ति लिएसँगै खालिलजादले शान्ति वार्ताका लागि विभिन्न भेटवार्ताको माध्यमबाट पहल गर्दै आएका छन् । यसअघि उनले पाकिस्तानी प्रधानमन्त्री इमरान खान लगायत अधिकारीहरुसँग भेटवार्ता गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.