'पूरा काम, पूरा दाम' माग्दै अतिरिक्त हुलाक कर्मचारी

'पूरा काम, पूरा दाम' माग्दै अतिरिक्त हुलाक कर्मचारी

रामेछाप : अतिरिक्त हुलाकका कर्मचारीहरुले निजामती कर्मचारी सरह पूरा काम र पूरा दामको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

मंगलबार नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोशिएसन रामेछाप जिल्ला कार्यसमितिको ११ औं वार्षिक भेलाका सहभागीहरुले यस्तो बताएका हुन् । जिल्ला सदरमुकाम मन्थलीमा भएको भेलामा अतिरिक्त हुलाक कर्मचारीहरुले तलब बृद्धिको माग समेत राखेका छन् ।

नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोशिएसनका केन्द्रीय अध्यक्ष टंकप्रसाद हुमागाईँले राज्यले आफूहरुलाई अन्याय गरेको भन्दै तलब बढाउनुपर्ने बताए । अतिरिक्त हुलाक नियमावली २०३४ खारेज गरेर नयाँ व्यवस्था सहित काम र दामको बारेमा पुनरावलोकन गर्न पनि उनको माग छ ।

अध्यक्ष हुमागाईँले भने, ‘स्थानीय तहसम्म सेवा दिँदै आएको हुलाकको धरोहर मानिने अतिरिक्तका कर्मचारीहरुलाई प्रक्रिया पुर्याइ स्थायी र बढुवाको व्यवस्था गर्न राज्य तयार रहनुपर्छ ।’

अतिरिक्त हुलाक कर्मचारीहरु हाल दैनिक दुई घण्टाको दरले कार्यालयको काम गर्दै आएका छन् । पत्र वितरक, डाक बाहकले ६ हजार रुपैयाँ र हुलाक प्रतिनिधिले ६ हजार नौ सय २५ रुपैयाँ मासिक तलब पाउँदै आएका छन् । रामेछाप जिल्लाको विभिन्न आठ स्थानीय तहभित्र जम्मा ४४ वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् भने त्यसमा एक सय ३१ जना अतिरिक्त हुलाकका कर्मचारीहरु छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.