हुम्लामा आगलागीबाट दुई घर जलेर नष्ट

हुम्लामा आगलागीबाट दुई घर जलेर नष्ट

सिमकोट : सर्केगाड गाउँपालिका–७ को पानीमूलस्थित आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट स्थानीय असौजे जैशी र प्रेमप्रसाद जैशीको घर जलेर पुर्णरुपमा नष्ट भएका हुन् । आगलागीले दुवै घरमा राखिएको अन्न, जिन्सी लगायत सामान जलेर नष्ट भएको हो ।

आगलागी सुरु भएको एक घण्टाकै अवधिमा दुबै घर जलेका हुन् । पानी अभावका कारण आगलागी नियन्त्रणमा लिन कठिन भइरहेको छ । गाउँमा एउटा घरबाट सल्केको आगो फैलिएर ठूलो रुप लिएको हो ।

घटनास्थलबाट नजिकै रहेको प्रहरी चौकी समेत ५ घण्टा दूरीमा पर्ने सर्केगाढमा मात्रै छ । आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो रकमबराबरको धनमाल नष्ट भएको बताइएको छ । तर क्षतिको यकिन भएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.