कम बोलेर काम गर्न प्रधानमन्त्री ओलीलाई पौडेलको सुझाव

कम बोलेर काम गर्न प्रधानमन्त्री ओलीलाई पौडेलको सुझाव

जाजरकोट : इतिहासकै सबैभन्दा शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले अरुलाई गाली गरेर समय खर्चिनु भन्दा काम गरेर देखाउन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलले आग्रह गरेका छन्।

४३ राष्ट्रिय मेलमिलाप दिवस मनाउन जाजरकोट पुगेका नेता पौडेलसँग प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।विगतका सरकारले सुरु गरेका सबै कामलाई आफूले पूरा गरेको भन्ने हल्ला गर्दै वर्तमान सरकारले नयाँ कुनै कामको थालनी नगरेको समेत आरोप लगाए।

राम्रो कामका लागि कांग्रेसले सरकारलाई सधैं सहयोग गर्ने उनको भनाई छ। तर सरकार बनेको वर्ष दिन पुग्न लाग्दा पनि भन्न र देखाउन लायक कुनै काम नभएको दावी गरे। बलत्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका दोषी पत्ता लगाउन कांग्रेसले दिएन? सिन्डिकेट खारेज गर्न कांग्रेसले दिएन? रेल र पानी जहाज चलाउन कांग्रेसले दिएन प्रतिप्रश्न गदै पौडेलले भने, 'सरकार असफल भयो भने संविधान कार्यान्वयनमा असर पर्ने भएकाले हामीले अहिलेसम्म सरकारलाई काममा बाधा पुग्ने काम गरेका छैनौं।

हामी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न चाहन्छौं तर सरकार जिम्मेवार भएन। प्रधानमन्त्री राति एक बजेसम्म अध्ययन गर्नुहुन्छ रे देश बनाउने विषयमा भन्दा कांग्रेसलाई कसरी गाली गर्ने भनेर। उहाँका यस्तै हर्कत र पाराले समृद्ध देश बन्छ?।'

उनले कांग्रेसले सरकारका गलत कामको विरोध गरेर काम गर्न दिएन, आरोप र विरोध नगरेर कांग्रेस सुस्तायो भन्ने आरोप लाग्ने गरेको दुखेसो समेत गरे। उनले पुरानो पारा र ढंगले कांग्रेस यो समयमा चल्न नसक्ने बताएका छन्। नेता पौडेलले वीपी कोइरालाको पालाको कांग्रेस र अहिलेको पालाको कांग्रेसका सामु राष्ट्रिय दायित्व र जिम्मेवारी फरक रहेकोले अब कांग्रेस नयाँ ढंगले चल्न जरुरी रहेको बताए। उनले भने, 'कांग्रेस महासमिति बैठक सफल भएको भन्दिन जस्ट पास मात्र भएको मान्न सकिन्छ।'

नेपाल विद्यार्थी संघ केन्द्रीय समितिका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस नेता पौडेलले वीपी कोइरालाले प्रतिपादन गरेको लोकतान्त्रिक समाजवादको बाटो कांग्रेसले कहिले पनि छोड्न नसक्ने भन्दै परिवर्तित समयअनुसार यो सिद्धान्तमा केही नयाँ र जरुरी विषय थपेर अघि बढ्नुपर्ने समेत बताए।

पत्रकारको प्रश्नको जवाफ दिँदै पौडेलले विगतका गुटउपगुट र मतभेदलाई परास्त गर्ने गरी देशव्यापी अभियानका साथ कांग्रेस जनताको बीचमा आउने तयारी गरेको बताए।नेता पौडेललाइ कांग्रेस केन्द्रीय समितिले ४३ औं मेलमिलाप दिवसका अवसरमा जाजरकोटमा गएर पार्टी र मेलमिलाप नीतिका बारेमा जनतामूखी कार्यक्रम गर्न खटाएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.