गोदाममै थन्कियो खाद्यको चामल

गोदाममै थन्कियो खाद्यको चामल

जाजरकोट : केही वर्षपहिले जाजरकोट खाद्य संस्थानमा चामल लिन आउनेको घुँइचो नै हुन्थ्यो। चामल अभावले ग्रामीण क्षेत्रका नागरिक एक बोरा चामलकै लागि नेताकहाँ धाउनुपथ्र्यो। भोकमरीको चपेटामा पर्दा चामल पाउन नेतासँग सिफारिस गराइमाग्न धाउने नागरिक अहिले संस्थान जानै छाडेका छन्।

सबै ठाउँमा सडक पुगेपछि राखिएको संस्थानको चामल बिक्री हुन छाडेको छ। संस्थानको चामल बिक्री नहुँदा लामो समय गोदाममै थन्किएको छ। सडक सञ्जाल जोडिएसँगै गाउँगाउँका पसलमा गुणस्तरीय चामल पुगेको छ। संस्थानले उपलब्ध गराउने चामल स्वादिलो नभएको र बजारभन्दा न्यून गुणस्तरको भन्दै स्थानीय संस्थान जान छाडेका छन्। गत साउन÷भदौमा चामल अभाव हुँदासमेत गाउँले जापानी चामल किन्न संस्थान गएनन्।

जिल्लास्थित गोदाम र डिपोको जापानी चामल बिक्री नभएपछि संस्थानले प्रति किलो २३ रुपैयाँसम्म मूल्य घटाएको छ। जाजरकोटको घोगीस्थित डिपोमा १० महिनायता ८ सय क्विन्टल जापानी चामल थन्किएको छ। गत वर्षको कोटाअन्तर्गत ढुवानी भएको ९ सय ४० क्विन्टलमध्ये १ सय ४० क्विन्टल बिक्री भएको छ। जापानी चामल स्थानीय बजारमा पाइनेभन्दा महँगो भएकाले उपभोक्ताले किन्न नमानेका हुन्।

संस्थानले जापानी चामलको मूल्य गत मंसिर दोस्रो साता घटाएको हो। जापानको सहयोगमा संस्थानमार्फत् चामल आपूर्ति भएको हो। गत भदौसम्म जापानी चामल ६५ रुपैयाँ प्रति किलोले बेचिरहेको थियो। स्थानीयले महँगो भनेपछि जिल्ला खाद्य व्यवस्थापन समितिको सिफारिसमा संस्थानको केन्द्रीय कार्यालयले मूल्य प्रति किलो ४२ मा झारेको छ। चामल प्रति किलो ४२–४४ रुपैयाँसम्म परेको संस्थानका जाजरकोट शाखा प्रमुख धर्मबहादुर बस्नेतले बताए।

खाद्य संस्थानले बेच्ने चामल स्वादिलो नभएको र बजारभन्दा न्यून गुणस्तरको भन्दै स्थानीयहरूले किन्न छाडेका छन्।

संस्थानले घोगी डिपो, दसेरा, नलगाड बिक्री केन्द्र र सदरमुकाम शाखाका लागि प्रति किलोको ४२ रुपैयाँ, चौखा डिपोमा ४३ रुपैयाँ र नायकवाडाका लागि ४४ रुपैयाँले बिक्री गर्ने निर्णय गरेको शाखा प्रमुख बस्नेतको भनाइ छ। छेडागाड नगरपालिकाको पजारु, घोगी, डाँडागाउँ, शेराखहरे, जुनीचाँदे गाउँपालिकाको दह, गर्खाकोट, मजकोट, लुहादह, टीकाचौर, बारेकोटका नायकवाडा, सक्ला, रोकायगाउँ, रामीडाँडालगायत गाउँमा बर्सेनि खाद्य अभाव हुने गर्छ। ती गाउँमा स्थानीय उत्पादनले ३ महिना पनि खान पुग्दैन।

सरकारले जाजरकोटमा सोना मन्सुली, अरुवा जिरा मसिनो, अरुवा मोटो, उसिना सोना, बंगलादेशी उसिना मोटा, जापानीलगायत चामल अनुदानमा बिक्री वितरण गर्दै आएको छ। मूल्य घटेकाले जापानी चामलको बिक्री बढ्ने खाद्य संस्थान जाजरकोटले अपेक्षा गरेको छ। संस्थानले यस वर्ष घोगी र दशेरा डिपोमा २/२ हजार, चौखा र नायकवाडा २१/२१ सय, नलगाड बिक्री केन्द्र कालिमाटीमा हजार र सदरमुकामका लागि ३ हजार क्विन्टल चामलको कोटा निर्धारण गरेको जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.