मालीमा हतियारधारी समूहको आक्रमबाट ३७ को मृत्यु

मालीमा हतियारधारी समूहको आक्रमबाट ३७ को मृत्यु

माली : मालीको फुलानी हेर्डर्सस्थित मंगलबार हतियारधारी समूहको आक्रमणमा दर्जनौको संख्यामा आम नागरिकको मृत्यु भएको छ ।

घटनापछि यहाँको सरकारले विज्ञप्ति निकाल्दै आदिवासी डोन्जो शिकारी पहिरनमा रहेका आक्रमणकारीहरुले मंगलबार ३७ जनाको हत्या गरेको उल्लेख गरेको छ । थुप्रै मान्छे घाइते हुनुको साथै घरहरु जलाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१८ मा मात्रै मालीका विभिन्न ठाउँमा भएका जातीय तथा सम्प्रदायिक हिंसामा सयौंको मृत्यु भएको थियो । संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुसार गत वर्ष ५ सय भन्दा बढीको ज्यान गएको छ ।

जमिन, खाद्यान्न, पानी लगायत प्राकृतिक स्रोत साधनका कारण यहाँ केही वर्षयता आदिवासी समुदायका किसानबीच साम्प्रदायिक तथा जातीय द्धन्द्ध देखिँदै आएको छ ।

गत जुनमा डोगोन किसानहरुको समूहको आक्रमणबाट फुलानी समुदायका २४ जना मारिएका थिए । मंगलबार भने स्थानीय समय अनुसार ५ बजे बिहान आक्रमण भएको हो । राजधानी बंकासबाट १ सय १७ किलोमिटर टाढाको यस क्षेत्रमा गाउँका नाइके (प्रमुख) समेत मारिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.