शर्मिला चेपाङको फेरिएको जीवन

शर्मिला चेपाङको फेरिएको जीवन

भरतपुर : एलएलसी उत्तीर्ण गरेपछि हात्तीबाङकी शर्मिला चेपाङको लागि उच्च शिक्षा अध्ययनको उपाय थिएन। राम्रो अंक ल्याए पनि कमजोर आर्थिक अवस्थाले आफूलाई पढ्न सहज हुनेमा उनलाई आशंका नै थियो। चेपाङ समुदायमा उच्च शिक्षा हासिल गर्ने चलन उति नभए पनि शर्मिलामा भने यसको हुटहुटी कायमै थियो।

आर्थिक अभावले पढ्न नपाउने अवस्थाकी शर्मिलामाथि दाताको आँखा परेपछि उनले स्टाफ नर्श अध्ययन गरी बिरामीको सेवा गर्न थालेकी छन्। शर्मिला अहिले आफ्नो जीवनसँग आफंै दंग छिन्। ‘म यो स्थानमा आउँछु भन्ने लागेको थिएन’, उनले भनिन्, ‘सामान्य बिरामी भएर मर्नुपर्ने हाम्रो समुदायका लागि स्वास्थ्य अभियान चलाउने सोचमा छु।’

सात दाजु र दुई बहिनीसहित सरिताको परिवारमा १० जना छन्। पाखोबारीमा लगाएको केही उब्जनीले वर्षभरीको जोहो धान्दैन। पढाइमा अब्बल उनले २०६९ सालमा राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङबाट ६१.२ प्रतिशत अंक ल्याएर एसएलसी पास गरेकी हुन्। चेपाङ समुदायबाट स्टाफ नर्श बन्ने शर्मिला तेस्रो हुन्। शर्मिलाले गत भदौमा स्टाफ नर्श पास गरेकी छन्। पूर्ण छात्रवृत्ती कञ्चनपुरको सेती महाकाली नर्सिङ क्याम्पसबाट ८४ प्रतिशत अंक ल्याएर उनले स्टाफ नर्श पास गरेकी हुन्। यसअघि उनले सिएमए पढेकी थिइन।

एसएलसीपछि पढ्ने बाटो नहुँदा घरमै बसेकी सरितालाई चेपाङ अभियन्ताले पढाइको लागि पहल गरेका थिए। शर्मिलाको पढ्ने चाहनालाई बुझेर भरतपुरका ब्यावसायी हरि पन्तले सम्पूर्ण खर्च बेहोरेर नेपाल पोलीटेक्नीक इन्स्टीच्यूटमा पढ्ने ब्यवस्था मिलाएका थिए। सिएमए सकेपछि घर नजिकैको स्वास्थ्य चौकीमा अहेव बनिन्। स्टाफ नर्शमा पूर्ण छात्रवृत्तीमा नाम निकालेर उनले पढाइ सकेकी हुन्। ‘स्टाफ नर्श पढ्न नपाएको भए मेरो जीवन घाँस दाउरामै बित्थ्र्याे’, उनले भनिन्। ‘हाम्रो लागि उच्च शिक्षा हासिल गर्नु भनेको सपना जस्तै हो’, शर्मिलाले भनिन्, ‘सहयोगी हात नभएको भए विहे भएर सन्तान हुर्काएर बस्थे होला।’

उनले मंसिरमा नर्सिङ काउन्सिलबाट लाईसेन्स समेत लिएकी छन्। चेपाङ समुदायमा पढ्न नपाएपछि विवाह गरिदिने प्रचलन छ। ‘पढ्न नपाएपछि झोक्राएर बसेको देखेपछि उनको चाहनालाई दातासँग भनेको हुँ’, चेपाङ अभियन्ता केपी किरण शर्माले भने, ‘दाताले सहयोग गरे। आर्थिक अवस्था कमजोर भएर पढ्न नपाएका चेपाङ विद्यार्थी अझै डाँडामा रूमालिएका भेटिन्छन्।’ शर्मिलाले इच्छाकामना १ कोलभज्याङस्थित स्वास्थ्य चौकीमा जागिर समेत पाएकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.