'सरकारले वाइडबडी प्रकरण ढाकछोप गर्न खोज्यो'
चितवन : सरकारले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारलाई लुकाउन खोजेको आरोप नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लगाएका छन्। आइतबार चितवनमा बोल्दै पौडेलले भ्रष्टाचारीलाई चोख्याउन खोजेको आरोप सरकारमाथि लगाएका हुन्।
'यति ठूलो मुद्दालाई सरकारले हाइज्याक गर्न खोजेको छ, यो मुद्दा सिधै अख्तियारमा जानुपर्ने हो तर, सरकारले हस्तक्षेप गरिरहेको छ' पौडेलले भने ‘सरकारको यो कुनै आयोग होइन, यो त ढाकछोप बहाना हो।’
संसदको अधिकारलाई सरकारले हस्तक्षेपकारी भूमिका खेल्नु गलत भएको समेत उनले बताए। कार्यक्रममा बोल्दै नेता पौडेलले महासमितिको बैठकपछि कांग्रेस एकजुट भएको स्पष्ट समेत पारेका छन्।