आठ तस्बिरमा हेर्नुहोस् हिउँले छोपेको डोल्पा
डोल्पा : उच्च हिमाली क्षेत्रमा पर्ने डोल्पा हिउँले पूरै सेताम्मे भएको छ।आइतबार रातिबाट हिमपात हुन थालेपछि डोल्पामा चिसो ह्वात्तै बढेको छ। चिसो बढेपछि डोल्पाको जनजीवन पूरै कष्टकर भएको छ।
आइतबार बिहानैदेखि बदली र रातिदेखि हिमपात भएपछि किसानमा खुसी छाएपनि हिउँले पूरै ढाकेपछि चिसोको कारण जनजीवन कष्टकर बनेको हो। माइनस २ सम्म रहने सदरमुकाम दुनैको तापक्रम एक्कासी ८ डिग्री सम्म पुगेको स्थानीय कर्णबहादुर शाहीले जानकारी दिए।
जिल्लाको ९९ प्रतिशत भू-भाग हिउँले छोपेको छ। यस वर्ष पुसको अन्तिमतिर नै हिउँ परेपछि किसान खुशी देखिएका छन् । महिनौदेखि सुख्खा रहेको डोल्पाको जमिन भने यो हिउँले खासै प्रभाव नपारको कृषक नरबहादुर लामा बताए।
माथिल्लो डोल्पामा एक फिटसम्म हिउँ जमेको छ भने तल्लो डोल्पाका अधिकांश क्षेत्रमा ३ देखि ७ इन्च सम्म हिउँ जमेको छ। हिउँ जमेपछि पशुचौपाया गोठमा नै बाध्नु परेको र चिसोले पशुचौपाय समेत प्रभाव पारेको कालेसिंह बस्नेतले बताए ।
सुख्खा पाखा र नाङगा कहाली लाग्दा पहाड हिउँले छोपेछपि डोल्पा आज पूरै सेताम्मे स्वच्छ अनि सुन्दर देखिएको छ। वर्षभर हिउँ खेल्ने प्रतिक्षामा रहेका डोल्पाका स्थानीय बिहानैदेखि हिउँ खेलिरहेका छन्।
हिउँ परेपछि डोल्पाको जुफाल बिमानस्थल पनि अवरुद्ध भएको छ। धावनमार्गमा आधा फिट हिउँ जमेपछि आजका सबै उडान रद्ध भएको जुफाल बिमानस्थल कार्यालयले जानकारी दिएको छ।