निकञ्ज पुर्‍याइए ३ सय बाँदर

निकञ्ज पुर्‍याइए ३ सय बाँदर

कुस्मा : पर्वतको महाशिला गाउँपालिकाले साढे तीन सय बाँदर नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जमा पुर्‍याएको छ। बाँदरले बालीनाली सखाप पारेको जनगुनासो बढेपछि महाशिलाले बाँदर नियन्त्रण अभियान चलाएको हो। चालु आर्थिक वर्षको कात्तिकसम्म नियन्त्रणमा लिइएका तीन सय ३० वटा बाँदर गतसाता चितवन राष्ट्रिय निकुञ्ज पुर्‍याइएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए। बाँदर नियन्त्रण गर्न ११ लाख रुपैयाँभन्दा बढी खर्च भएको प्रवक्ता उच्चैले जानकारी दिए।

गाउँपालिकाले बाँदर नियन्त्रण गर्न आर्थिक वर्ष ०७५/०७६ मा १५ लाख रुपैयाँ विनियोजन गरेको छ। त्यसबाट ११ लाख रुपैयाँ खर्च भइसकेको प्रवक्ता उच्चैले बताए। गाउँपालिकाको दोस्रो गाउँसभाबाट बजेट छुट्टयाएर बाँदर नियन्त्रण योजना अघि सारेको थियो। कात्तिकसम्म बाँदर नियन्त्रणमा लिइएको र पछिल्लो समय बालीनालीको समय नभएकाले बाँदर नियन्त्रण केही समय स्थगन गरिएको छ। ‘बालीनाली पाक्ने बेला भएपछि बाँदर नियन्त्रण गर्न सुरु गर्छौ’, प्रवक्ता उच्चैले भने। गाउँपालिकाले भारतबाट ८ जना बाँदर नियन्त्रण गर्ने व्यक्ति बोलाएर अभियान थालेको थियो।

बाँदर नियन्त्रण भएपछि स्थानीय कृषकलाई राहत मिलेको छ। बालीनालीमा बाँदर आतंक कम भएको छ। यो अभियान निरन्तर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। गाउँमै नियुक्त गरिएका स्वयंसेवकलाई बाँदर नियन्त्रण गर्न परिचालन गरिने गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए। गाउँपालिकाले एक घर एक रोजगार कार्यक्रम अन्तर्गत तीन सय ६५ जनालाई पुस १ गतेदेखि नियुक्त गरेको छ। तिनै मध्येबाट बाँदर नियन्त्रणमा गर्न केही संख्यामा स्वयंसेवक परिचालन गरिने पौडेलले बताए।

गाउँपालिका अन्तर्गत ६ वटै वडामा पूर्णरुपमा बाँदर नियन्त्रण गर्नेगरी अभियान चलाइने भएको छ। नियन्त्रणमा लिइएका बाँदर निकुञ्ज लैजान धेरै प्रकृया पूरा गर्नुपर्ने भएकाले झण्झटिलो देखिएको छ। गाउँमा उत्पादित फलफूल, मकै, धान, तरकारी, आलु आदि बाँदरले सखाप पार्ने गरेकाले नियन्त्रण गर्न महाशिलाको गाउँसभामबाटै प्रस्ताव पारित गरेको थियो।

गाउँपालिकाका सबै वडामा बाँदर आतंक बढेको भन्दै जनप्रतिनिधिले समेत नियन्त्रणका लागि हस्ताक्षरसहित गाउँसभामा संकल्प प्रस्ताव पास गराएका थिए। बाँदर नियन्त्रण अभियानअघि भोक्सिङ, लुंखु, बालाकोट, पाखापानी, फलामखानी, हो श्राङीमा बाँदरले बालीनाली सखाप पार्ने गरेको महाशिला ५ की सरस्वती अधिकारीले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.