रुकुम पश्चिममा कारागारलाई किताब अभियान
मुसीकोट : समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरु गरेको ‘कारागारलाई किताव’ अभियान रुकुम पश्चिममा सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको अगुवाईमा आइतबार जिल्लामा एक उप–समिति गठन गरि यो अभियानको सुरुवात गरिएको हो।
कारागारलाई सुधार गृहका रुपमा विकास गर्ने उद्देश्यले निकट भविष्यमा कारागारहरुमा पुस्तकालय स्थापना गर्ने लक्ष्य राखेर कर्णाली प्रदेशका १० वटै जिल्ला समेट्ने गरी समग्र प्रदेशमा यो अभियान संञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी सुमित खड्काले बताए। उनका अनुसार जिल्लामा गठन भएको उप–समितिले आफ्नो कार्यविधि बनाएर काम अगाडि बढाउने छ।
पुस्तक संकलनका लागि विभिन्न स्थानिय तह, संघ–संस्था, सहयोगी दाताहरुबाट सहयोग संकलन गरी कारागारलाई पुस्तक हस्तान्तरण गरिनेछ। आइतबार एक कार्यक्रमको आयोजना गरी डिएसपी खड्काको संयोजकत्वमा ११ सदस्यीय कारागारलाई किताव अभियान उप–समिति गठन गरिएको छ।
कार्यक्रममा जिल्ला समन्वयय समिति उप प्रमुख इन्दिरा वि.एम., मुसीकोट नगरपालिका प्रमुख देविलाल गौतम तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले अभियानको प्रशंसा गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस !