अमेरिकी सहयोगमा सुदूरपश्चिममा ब्लड बैंक बन्ने

अमेरिकी सहयोगमा सुदूरपश्चिममा ब्लड बैंक बन्ने

काठमाडौं : अमेरिकी सरकारको सहयोगमा कैलालीको धनगढीमा सुदूरप‍श्चिमकै पहिलो ब्लड बैंक (रक्त सञ्‍चार केन्द्र) भवन निर्माण आरम्भ भएको छ । 

अमेरिकाले नेपाल सरकार तथा नेपाल रेडक्रस सोसाइटीसँगको साझेदारीमा भवन शिलान्यास गरेको हो । 

अमेरिकी रक्षा मन्त्रालयले उपलब्ध गराएको १५ लाख अमेरिकी डलर (करिब १७ करोड रुपैयाँ) सहयोगमा निर्माण हुने ब्लड बैंकले उक्त क्षेत्रमा लामो समयदेखि आवश्यक रक्त सञ्‍चार सेवा उपलब्ध गराउनेछ । 

धनगढी तथा सुदूरपश्‍िचमका बासिन्दाको जीवन रक्षा गर्ने रक्त सञ्‍चार सेवाका निम्ति ४ घण्टा यात्रा गरी बाँकेस्थित स्वास्थ्य संस्थामा जानुपर्ने समस्या देखेपछि अमेरिकाले सहयोग गरेको हो।

स्वास्थ्य मन्त्रालयले भवन निर्माणका साथै सुदूरपश्‍िचमका बासिन्दाको जीवन रक्षामा अमेरिकी दूतावाससँग साझेदारी गरेको छ । ब्लड बैंकले रगत भण्डारण र जटिल रक्त सेवासमेत उपलब्ध गराउने जानकारी दिइएको छ । 

ब्लड बैंकको भवन भूकम्पप्रतिरोधी समेत रहने सरकारी अधिकारीले बताए । शिलान्यासमा प्रदेश ७ का आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह, धनगढी नगरपालिका प्रमुख नृपबहादुर वड, स्थानीय पदाधिकारीका साथै नेपाल रेडक्रस सोसाइटी तथा अमेरिकी दूतावासका प्रतिनिधिहरूको उपस्थिति थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.