फुलचोकीमा एक वर्षमै २० जना हराए, प्रहरी भन्छ : हिउँ खेल्न जाँदा सचेत हुनू

फुलचोकीमा एक वर्षमै २० जना हराए, प्रहरी भन्छ : हिउँ खेल्न जाँदा सचेत हुनू

ललिपुर : गतवर्ष थसिखेलको अजय शिक्षा सदनमा अध्ययनरत १७ वर्षिया विद्यार्थी जोन तामागं फुलचोकी जंगलमा हराए । प्रहरीले लगातार खोजिकार्य जारी राख्यो । तर ६ दिनमा मात्रै भेटिए ।

पहिलो पटक ०७१ सालमा एकजना व्यतmी हराएको उजुरी प्रहरीमा आएको थियो । उनको खोजी गर्दा जंगलको खोँचमा मृत अवस्थामा भेटिएको थिए । त्यसपछी भने लगातार हराउने क्रम देखिएको छ । फुलचोकी जंगलको क्षेत्रफल १३ किलोमिटर रहेको छ ।

बारम्बार फुलचोकी घुम्न जानेहरु हराएको सुचना आउन थालेपछी प्रहरीले गोदावरीमा ‘अस्थाथी प्रहरी प्रभाग’ स्थापना गरेको छ । प्रहरीले घुम्न जानेहरुलाइ ‘ब्रिफीगं’ गर्न थालेकाछन् । अनिबार्य नाम दर्ता गराउने र जंगलको बारेमा जानकारी दिन थालेको छ । महानगरीय प्रहरी परिसर जाउलाखेलका एसपी शेखर खनाल भन्छन्, ‘त्यहाँ स्टान्डबाइ प्रहरी बस्छ । बाडेगाउँ प्रहरीले पनि हेर्छ ।’उनीहरुलाइ ठाउँठाउँमा राखिएको सुचना बोर्ड हेर्न तथा कहाँनिर खतरा छ त्यसमा सचेत हुनपर्ने प्रहरीले सिकाउँछ । यति गर्दा पनि हराउनेको संख्यामा कमी आएको होइन । उनले भने,‘ यो वर्ष मात्रै फुलचोकीको जंगलमा २० जना युवायुवतीको उद्धार गरयौ ।’

घुम्न जानेलाइ सजिलो होस भनेर ठाउँठाउँमा नक्सा तथा सुचना राखेको भएपनि किशोरकिशोरीहरु एकान्त खोज्दै जाँदा बाटो बिराउने गरेकोबताए । खतरा भएको ठाउँमा नजान आग्रह गरेपनि नटेरेको देखिएको छ । फुलचोकी जाँदा भिरालो बाटो, जंगली जनावरको त्रास र चोरी पनि हुनसक्ने प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार हराएकाहरुले लोकेसन पत्ता लगाउन नसक्दा, फोनको नेटवर्क नहुँदा खोज्न समस्या हुने बताए । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मि श्रका अनुसार माघ ५ गते स्याङ्गजा स्थायी घरभइ नयाँबानेश्वर बस्दै आएका साजन अधिकारी एक्लै घुम्न गए । केही साथीहरुसँग घुम्न जाने योजना बनाएपनि अन्तिममा साथीहरु नजाने भनेपछी एक्लै हिँडेका थिए ।

फुलचोकी पुगेर फर्किने क्रममा छोटोबाटे आउन खोज्दा उनले बाटो भुलेका थिए । उनले जंगलमा हराएको भन्दै सय नम्बरमा फोन गरेका थिए । लिभरपुल कलेजमा कक्षा १२ मा अध्ययनरत उनलाइ सातदोबाटो प्रहरी वृत्तका किरण प्रकाश मल्ल तथा प्रहरी प्रभाग बाडेगाउँको टोलीले उनलाई फेला पारेर अभिभावकको जिम्मा लगाएका थिए । अधिकारीलाइ करीब चार घण्टा खोजेपछी मात्रै भेटिएको थियो ।

अर्को दिन माघ ६ गतेपनि तीन जना हराए । बाडेगाउ प्रभागबाट प्रहरी निरीक्षण श्याम कुमार कटुवालको कमाण्डमा ९ जनाको टोलीले गोदावरीबाट ९ किलोमिटर टाढा पुर्वदक्षिण फुल्चोकी जंगलको खोंचबाट तीनै जनाको उद्धार गरीएको थियो । हराउनेमा नुवाकोट घर भइ नयाँबजार काठमाडौ बस्दै आएकी १८ वर्षिया मल्लिका तामागं र १७ वर्षिया मुस्कान तामागं अर्का महोत्तरी घर भइ क्षेत्रपाटी बस्दै आएका अभिलेख प्रसाद साह थिए ।

गत पुस २८ गते भने १६ जनाको समुह नै फुलचोकी जंगलमा हराएको सुचना प्रहरीलाइ आयो । उनीहरुको खोजी तथा उद्धारका लागी सात वटा फरक टोली फुलचोकी लागेको थियो । जसमा महानगरिय प्रहरी परिसर ललितपुरका एसएसपी रबिन्द्र बहादुर धानुक, एसपी शेखर खनाल, प्रहरी नायब उपरिक्षक नारायण प्रसाद चिमोरिया, महानगरीय प्रहरी वृत्त सातदोबाटो, प्रहरी प्रभाग बाडेगाउँ गरी सात वटा छुटटाछुटटै टोली खोजीमा गएको थियो । उनीहरुलाइ गोदावरी बसपार्कबाट १० किलोमिटर पुर्व जंगलको खोंचबाट बेलुकी करीब सात बजे उद्धार गरिएको एसपी खनालले जानकारी दिए । हराउनेमा १२ जना किशोर र ४ जना कशोरी थिए । उनीहरु बिहान साढे दशमा दुइवटा समुह बनाएर घुम्न निस्किएका थिए ।

मंगलबार रातीदेखी वर्षाका कारण फुलचोकीमा हीउँ परेको र हीउँ खेल्न जानेको निकै भीड लागेको खनालले जनाए । सानो तथा अप्ठेरो बाटोको कारण दुर्घटना हुनसक्छ । ‘खुटटा राखने ठाउँ छैन त्यसैले दिउँसोदेखी नै सवारी साधन फुलचोकी जान अनुमती दिएका छैनौ ।’ यस्तो समयमा हराउने वा दुर्घटना हुन सक्ने भएकाले आफै सचेत हुन आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.