जोकोभिच र ओसाका सेमिफाइनलमा

जोकोभिच र ओसाका सेमिफाइनलमा

मेलबर्न : पुरुषतर्फ सर्वियाका नोभाक जोकोभिच र फ्रान्सका लुकास पोउली तथा महिलातर्फ जापानकी नाओमी ओसाका र चेक गणतन्त्रकी क्यारोलिना प्लिसकोभा अस्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् ।

पहिलो वरीयताका जोकोभिच बुधबार भएको क्वार्टरफाइनल खेलमा आठौं वरीयतामा आसीन जापानी प्रतिद्वन्द्वी केई निसिकोरीलाई हराउँदै वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् ।

खेलमा जोकोभिच ६–१, ४–१ ले अगाडि रहँदा स्वास्थ्य समस्याका कारण निसिकोरीले खेल परित्याग गरेका थिए । २८औं वरीयताका लुकास भने आफूभन्दा शक्तिशाली क्यानेडियन प्रतिद्वन्द्वी मिलोस रोनिकलाई हराउँदै उपाधि जित्ने अभियानमा थप एक खुड्किलो माथि उक्लिएका हुन् । लुकासले १६औं वरीयताका रोनिकलाई ७–६ (४), ६–३, ६–७ (२), ६–४ ले हराएका थिए ।

महिला एकलतर्फ क्वार्टरफाइनलमा चौथो वरीयताकी एसियन खेलाडी ओसाकाले युक्रेनकी एलिना भितोलिनालाई ६–४, ६–१ को सोझो सेटमा पाखा लगाइन् । भितोलिना छैटौं वरीयताप्राप्त खेलाडी हुन् । पहिलोपटक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी २१ वर्षीया ओसाकाले सन् २०१८ मा यूएस ओपनको रूपमा आफ्नो जीवनको पहिलो ग्रान्डस्लाम उपाधि जितेकी थिइन् ।

ओसाकाले अब सेमिफाइनलमा प्लिसकोभाको सामना गर्नेछिन् । सातौं वरीयताकी प्लिसकोभा भने क्वार्टरफाइनलमा अनुभवी अमेरिकी खेलाडी सेरेना विलियम्सलाई ६–४, ४–६, ७–५ ले हराउँदै सेमिफाइनलमा पुगेकी हुन् । ३७ वर्षीया सेरेना २३ पटककी ग्रान्डस्लाम च्याम्पियन खेलाडी हुन् । उनले अस्ट्रेलियन ओपनको उपाधि पनि सातपटक जितेकी छन् । उनले पछिल्लोपटक सन् २०१७ मा अस्ट्रेलियन ओपनकै रूपमा अन्तिम ग्रान्डस्लाम उपाधि जितेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.