विमानस्थल खुलाउन हिउँ पन्छ्याइँदै (फोटो फिचर)
सिमकोट : भारी हिमपातले अवरुद्ध सिमकोट विमानस्थल सूचारु गर्न हिउँ फाल्ने काम सुरु भएको छ। जिल्लाबाट बाहिर आवत जावत गर्ने यातायातको एक मात्रै माध्यम हवाई सेवा हिमपातका कारण अवरुद्ध भएपछि बिरामी र अत्यावश्यक कामले जिल्ला बाहिर जानेहरुलाई समस्या भएको छ।
हिमपातले जिल्लावासी प्रभावित भएपछि विमानस्थलको हिउँ फाल्ने काम सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए। उनले भने, 'अबको एक सातामात्रै हवाई सेवा अवरुद्ध हुने हो भने जिल्लामा दैनिक उपभोग्य वस्तुको अभाव हुने संभावना देखिन्छ।त्यसैले हवाई मैदानको हिउँ फालेर जहाज सूचारु गर्ने प्रयासमा लागेका हौं।'
यस वर्ष तेस्रो पटक परेको भारी हिमपातले सिमकोट विमान स्थलमा २ फिटभन्दा बढी हिउँ जमेपछि जिल्ला प्रशासन कार्यालयको अगुवाईमा नेपाल प्रहरी र नेपाली सेनाको सहयोगमा हिउँ फाल्न सुरु गरएको छ।




प्रतिक्रिया दिनुहोस !