इलाममा ग्याँस सिलिन्डर पड्किँदा आगलागी
इलाम : इलाममा ग्याँसको सिलिन्डर पड्किएर आगलागी भएको छ। इलाम नगरपालिका ७ स्थित सुन्तला बारीमा आज बिहान ग्याँस सिलिन्डर पड्कदा मानबहादुर गुरुङको घर आगलागी भएको हो।
उनको घरमा भाडामा बस्ने रत्नमाया सम्सुहाङ लिम्बुको खानापकाउने ग्याँस पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट भूइँतला पक्की माथी टिनको भएको घर पूर्ण रुपमा जलेको छ।
_20190127035410.jpg)
आगो इलाम नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको पहलमा निभेको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस !