फेवातालका टापु हटाउने अभियानमा पोखरा

फेवातालका टापु हटाउने अभियानमा पोखरा

पोखरा : खहरे खोलाका कारण फेवातालमा बनेका टापु हटाउने अभियान पोखरा महानरपालिकाले सुरु गरेको छ। ताल पुरिने क्रम बढेपछि महानगरले पहिलो चरणमा सोमबारदेखि टापु हटाउने अभियान सुरु गरेको हो। 

महानगरपालिकाले बंगलादी क्षेत्रमा खहरे खोलाले पुरेर तालमा बनेको नयाँ टापुको माटो जेसीबी, एक्साभेटर प्रयोग गरी हटाएको छ। तालबाट झिकेको माटो महानगरले टिपरमा राखेर क्याम्पिङ स्थलको चौरमो थुपारेको छ। तालबाट माटो झिक्ने अभियानको शुभारम्भ कार्यक्रममा महानगरपालिकाका मेयर मानबहादुर जिसी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशका सांसदहरु, वडा अध्यक्षहरुको उपस्थिती थियो।

मुख्यमन्त्री गुरुङले जेसीबी चालकलाई जेसीबीको चापी हस्तान्तरण गरेर माटो झिक्ने अभियान सुरु गरे। खहरे खोलाले बंगलादीस्थित तालको ४ रोपनी जमिन पुरेको हो । पुरिएको माटो २० हजार घन मिटर भएको महानगरपालिकाले बताएको छ। 

कार्यक्रमा महानगरपालिकाका मेयर मानबहादुर जिसीले फेवातालको संरक्षण अभियान सुरु भएको बताए। तालको मुहान क्षेत्रबाट ताल पुरिने क्रम रोक्न चेकड्याम निर्माणको काम पनि छिट्टै नै सुरु गरिने उनले बताए। ताल फोहार हुनबाट रोक्न महानरले तालमा मिसिने खोला, ढलहरुलाई डाइभर्ट गर्ने बारे अध्ययन भइरहेका समेत मेयर जिसीले जानकारी दिए। 
गण्डकी प्रदेश सरकारले ताल संरक्षणका लागि प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको अध्यक्षतामा ११ सदस्यीय समिति हालै गठन गरेको छ। फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न प्रदेश सरकारले मन्त्री लम्सालको अध्यक्षतामा समिति गठन गरेको हो।

तालबाट मोटो झिक्ने अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले तालको संरक्षणको अभियान आजबाट सुरु भएको बताए। स्थानीय सरकारले बेला बेलामा प्रचारमा आउन डोजर चलाउने र कामबीचमै छाड्ने प्रवृतिको देखिएको स्थानीयले बताएका छन्। ताल संरक्षणको अभियानलाई पूर्णता दिने गरी महानगर अघि बढ्नु पर्ने नागरिक समाज पोखराका सुनिल पाण्डेले बताए। 

ताल पुरिने क्रम मुहान क्षेत्रबाट तिब्र गतिमा भएकोले यस तर्फ मुख्य रुपमा ध्यान दिनु पर्ने संरक्षणकर्मी राजु आचायले बतााए। एक अध्ययन अनुसार प्रतिवर्ष फेवातालमा १ लाख ४२ हजार मेट्रिक टन गेग्रयान र माटो थुप्रिदै आएको पाइएको छ । समय श्रृखला विश्लेषणबाट यो अवस्था देखिएको हो। नेपाल सरकार भुमिसुधार तथा ब्यवस्था मन्त्रालय, नापी विभागको २०६४ सालमा प्रकाशित प्रतिवेदन अनुसार त्यतीबेला यस तालको गहिराई १८ मिटर, कुल लम्वाई ४ किलोमिटर र चौडाई सय मिटर देखि २ किलोमिटर रहेको थियो। पछिल्लो अध्ययन नभएकोले तालको कुल क्षेत्रफल, गहिराई र लम्बाई कति छ भन्ने एकीन भएको छैन। 

सन् १९५७ को नापी अनुसार लगभग २२ हजार रोपनीमा फैलिएको फेवाताल सन् दुई हजार यताका अध्ययनहरुमा तालको क्षेत्रफल घटेर ९ हजार ९ सय ५५ रोपानीमा सिमीत रहेको तथ्याङ्क छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.