सेतक चिनी संकलन गर्न पाटन गएका ३ जना ८ दिनदेखि बेपत्ता

सेतक चिनी संकलन गर्न पाटन गएका ३ जना ८ दिनदेखि बेपत्ता

जाजरकोट : सेतक चिनी (खिरौलो) संकलन गर्न पाटन गएका तीनजना ८ दिनदेखि सम्पर्कविहीन भएका छन्। लामो समय सम्म घरमा नफर्केको र उक्त पाटनमा बाक्लो हिमपात भएपछि उनीहरु हिउँमा पुरिएको आशंका गरिएको छ।

सेतकचिनी संकलनका लागि बारेकोट गाउँपालिका-३, मुल्सामको बारेलेक गएका बारेकोट-३, मुल्सामका ३५ वर्षीय मानबहादुर रोकाय, २५ वर्षीय गोरख रोकाय र ३४ वर्षीय बिर्खबहादुर रोकाय वेपत्ता भएको आफन्तले बताएका छन्। 

उनीहरुसँगै गएका बारेकोटका ५० वर्षीय नरबहादुर रावत, ४६ वर्षीय काली रावत र अर्को एकजना नाम नखुलेका व्यक्ति फर्केर सोमबार घर फर्केका छन्। 'पाटनमा बाक्लो हिमपात भएपछि हामीहरु भागेर ज्यान बचाउन सफल भयौं तर अरु साथीहरु कता हराउनुभयो थाहै भएन नरबहादुरले भने, '८ दिन पछि हामीहरु बोल्न नसक्ने अवस्थामा घर आइपुगेका हौं। वेपत्ता भएका र घर फर्केका व्यक्तिहरु सेतो चिनी (खिरौलो) संकलन गर्ने, पकाउने, सुकाउने, प्याकिङ गर्ने लगायत कामको सिलसिलामा लेकतर्फ गएको उनले बताए।

सेतो चिनी संकलनको सिलसिलामा उनीहरु गत ६ गते ४ हजार मीटरको उचाईमा रहेको बारेलेक पुगेका थिए। बारेलेकमा पुगेकै दिनदेखि भारी वर्षात् तथा हिमपात सुरु भएको थियो। बारेलेकमा फोन नलाग्ने, खबर आदान प्रदान गर्ने र आवजावत गर्ने अवस्था नहुँदा वेपत्ताको उद्धार गर्न कठिनाई भएको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए।

उनले स्थानीय स्रोत साधनले नभ्याउने र हिउँ परेको पाटनमा गएर खोज्न नसकिने अवस्था भएकाले हेलिकोप्टरको प्रयोग गरेर बेपत्ताको खोजी गर्न संघीय सरकारलाई आग्रह गरेका छन्।

केही मानिस हराइरहेको र उनीहरु हिमपातमा परेको हुनसक्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताए।वेपत्ता भएकाको खोजीका लागि प्रहरीलाई आग्रह गरिएको र स्थानीयस्तरबाट सम्भव नभए सम्बन्धित निकायमा आवश्यक पहल गरिने प्रजिअ बस्नेतले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.