मुक्तिनाथमा स्की प्रतियोगिता, प्रतिस्पर्धी सबै नेपाली
बेनी : मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा दोस्रो राष्ट्रिय स्की च्याम्पीयनसिप २०१९ आयोजना गरिएको छ ।
नेपाल स्की एसोशियसनको आयोजनामा शनिबार हुने स्की प्रतियोगिताको फाइनलमा सहभागी खेलाडीका लागि बुधबारदेखि प्रशिक्षण सञ्चालन गरिएको छ । स्की हिउँमा खेलिने खेल हो ।
स्नोबोर्ड स्की र अल्पाइन स्की बिधामा प्रतिस्पर्धा गर्न १४ जना महिला र १४ जना पुरुष खेलाडी सहभागी भएका प्रतियोगिताका अफिसियल निरज श्रेष्ठले जानकारी दिए । सबै खेलाडी नेपाली छन् ।
मुक्तिनाथ नजिकैको हिउँ जमेको जमिनमा स्की प्रतियायोगिता सञ्चालन गर्न लागिएको छ । एक हप्ताअघि परेको हिउँ अझै पग्लिएको छैन । खेलको माध्यमबाट हिमाली क्षेत्रको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले मुक्तिनाथमा स्की प्रतियोगिता आयोजना गरिएको श्रेष्ठले बताए ।
मुस्ताङमा पहिलो पटक आयोजना गरिएको प्रतियोगिताले स्की खेलको सम्भावना उजागर भएर खेल पर्यटनमा सहयोग पुग्ने मुक्तिनाथका अगुवा सुरज गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस !