प्रदेश १ संसदको हिउँदे अधिवेशन आजदेखि

प्रदेश १ संसदको हिउँदे अधिवेशन आजदेखि

विराटनगर : प्रदेश १ संसदको हिउँदे अधिवेशन आज (आइतबार) देखि सुरु हुँदैछ। दिउँसो ३ बजे प्रदेश १ को प्रदेशसभा भवन विराटनगरमा बैठक सुरु हुने भएको हो।

यस पटकको हिउँदे अधिवेशनबाट प्रदेश १ को नाम र स्थायी राजधानी टुंगो लगाउने तयारी छ। प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले राजधानीको नाम र राजधानीको विषय टुंगो लगाउने तयारी भइरहेको जानकारी दिए। भण्डारीले भरसक सर्वसमतीमा टुंगो लगाउने प्रयासका लागि आफूले सहजकर्ताको भूमिका खेलिरहेको बताए।

यसैबीच बैठक सुरु हुनु अघि प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले विराटनगरमा पत्रकारहरूसँग अनौपचारिक छलफलको तयारी गरेका छन्। उनले विहान ११ बजे मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पत्रकारहरुलाई बैठकका बारेमा ब्रिफिङ गर्नेछन्।

बैठक र बैठकबाट हुने काम कारवाही तथा सरकारका भावी कार्यदिशा एवं समसामयिक विषयका बारेमा मुख्य मन्त्रीले जानकारी गराउने कार्यक्रम तय भएको राईका प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.