चउरमा पढ्दै विद्यार्थी

चउरमा पढ्दै विद्यार्थी

कालिकोट : पलाँता गाउँपालिका–२ मष्टा आधारभूत विद्यालयका बालबालिका कक्षाकोठा अभावमा चउरमा बसेर पढ्न बाध्य छन्। कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा अध्ययनरत ७२ जना बालबालिका कक्षाकोठा अभावमा चउरमा अध्ययन गर्न बाध्य भएको प्रधानाध्यापक मनऋषि न्यौपानेले बताए।

उनले भने, ‘बाहिर हावाहुरी लाग्दा, पानी पर्दा एकै कक्षाकोठामा दुई कक्षाका विद्यार्थी राखेर शिक्षण गर्दै आएका छांै।’ मौसम सफा भएको दिन चउरमा राखेर पढाउँदै आएको उनले जानकारी दिए।

०५५ सालमा स्थापित मष्टा आधारभूत विद्यालयको चारकोठे एउटा मात्र भवन छ। जसमा एक कोठामा कार्यालय व्यवस्थापन गरिएको छ भने तीन कोठा पठनपाठनका लागि प्रयोग हुँदै आएका छन्। ०००दरबन्दी नै छैन ।

विद्यालय स्थापना भएको दुई दशक बित्दासमेत एउटा पनि दबरन्दी प्राप्त गरेको छैन। तीन जना शिक्षक कार्यरत विद्यालय स्थापना भएको २० वर्ष पुगिसक्यो। दुई जना राहत अनुदान कोटा र एउटा गाउँपालिकाको सहयोगमा अध्यापन भइरहेको छ। प्रधानाध्यापक न्यौपानेले भने, ‘हामीले बाध्यताले बहुकक्षा शिक्षण प्रणाली अपनाएका हौं, सबै कक्षालाई ४५ मिनेटको समय दिन सकिरहेका छैनौं। प्रतिकक्षालाई २५ मिनेटका दरले छुट्याएर एक घण्टामा दुई कक्षाका विद्यार्थीलाई पढाइरहेका छौं।’

भौतिक संरचना अभावका कारण एकै कक्षाकोठाको दुईतिर दुई कक्षाका विद्यार्थी राखेर त्यसै कक्षाभित्र एक घण्टामा दुई पिरेड शिक्षण गर्नुपरेको उनले बताए। ‘गाउँपालिकामा समस्या जानकारी गराए पनि विद्यालय भवन निर्माणमा बजेट विनियोजन भएन’, उनले भने, ‘पहिले एक जना निजी स्रोतका शिक्षकको तलब व्यवस्थापन गर्नै समस्या हुँदै आएको थियो, गाउँपालिकाले व्यवस्थापन गर्दा केही सहजचाहिँ भएको छ।’

निजी स्रोतलाई गाउँपालिकाको सहयोग

पलाँता गाउँपालिकास्थित सबै विद्यालयमा निजी स्रोतमा शिक्षण गर्दै आएका ६७ जना शिक्षकको तलब गाउँपालिकाले व्यवस्थापन गरिदिएको छ। गाउँपालिकाका अनुसार कक्षा १ देखि ३ सम्मको विद्यालयका शिक्षकलाई प्रतिमहिना १० हजार, कक्षा ५ सम्मको विद्यालयका शिक्षकलाई १२ हजार, ८ सम्मको विद्यालयका शिक्षकलाई १५ हजार, १० सम्मका विद्यालयका शिक्षकलाई २० हजार र १२ सम्मको विद्यालयका प्रतिशिक्षकलाई २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

स्थानीय दुधेसिल्लो माविका प्रधानाध्यापक मानबहादुर रोकायाले भने, ‘गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि चासो दिएन, निजी स्रोतका शिक्षकको तलब व्यवस्थापनबाहेक भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका क्षेत्रमा कुनै कार्यक्रम बनाउन सकेन।’ जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ कालिकोटका अनुसार जिल्लामा दुई सय ९४ विद्यालयमध्ये ९९ विद्यालय दरबन्दीविहीन छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.