यूएनडीपीको गाडी दुर्घटना, चालकको मृत्य, पाँच घाइते

यूएनडीपीको गाडी दुर्घटना, चालकको मृत्य, पाँच घाइते

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको थप्रेकमा मंगलबार बेलुकी राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । चालकको घटनास्थलमै ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् । 

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा रहेको पञ्चकन्या गाउँपालिका–४ थप्रेकस्थित आरुखर्क सनलघारीमा यूनडीपीका कर्मचारी सवार बा ३ च ५७११ नम्बरको टाटा सुमो गाडी दुर्घटना भएकाे हाे । गाडी कच्ची सडकबाट एक सय ५० मिटर तल खसेको छ ।

दुर्घटनामा चालक सर्लाहीका २४ वर्षीय सुमन बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए । 

दुर्घटनाअघि उक्त गाडी घ्याङफेदी पुगेर सातविसे हुँदै आरुखर्क जाँदै गरेको उनले बताए । दुर्घटनालगत्तै स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । 

घाइतेको नाम मंगलबार अबेरसम्म खुलेको छैन । घाइतेको उद्धार गरी उपचारका लागि काठमाडौ पठाइएको खरानीटार इलाका प्रहरी चौकीका इन्जार्च प्रहरी निरीक्षक नरेशकुमार महतोले जानकारी दिए ।  

थप्रेकमा युएनडीपीको सहयोगमा निर्माण भई रहेको स्वास्थ्य चौकीको निरीक्षण गर्न कर्मचारी बट्टारबाट गाडी भाडामा लिएर गएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.