अनाथालयका बालबालिकालाई आर्थिक सहयोग

अनाथालयका बालबालिकालाई आर्थिक सहयोग

महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका–३ निवासी एक दम्पत्तीले वैवाहिक वर्षगाँठ र जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग गरेका छन् । 

भीमदत्त नगरपालिका–३ बस्ने पुष्पराज भट्ट र लक्ष्मीदेवी भट्टले वैवाहिक वर्षगाँठ तथा जन्मदिनको अवसरमा अनाथालयमा आर्थिक सहयोग गरेका हुन् । 

उनीहरुले महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा आश्रित बालबालिकालाई नगद १५ हजार रकम सहयोग गरेका हुन् । भट्ट दम्पत्तीले नगद रकम अनाथालयमा बस्ने बालबालिकालाई प्रदान गरे । 

फजुल खर्च गर्नुभन्दा सामाजिक काममा खर्च गर्ने योजनाले अनाथालयमा आश्रित बालबालिकालाई सहयोग गरेको लक्ष्मीदेवी भट्टले बताइन् । त्यस अवसरमा सबै बालबालिकालाई टीका लगाइदिएर मिठाई र फलफुल समेत वितरण गरिएको थियो । अनाथालयमा २३ जना बालबालिका आश्रित छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.