प्रकाण्डका छोरालाई १० दिनको म्याद थप

प्रकाण्डका छोरालाई १० दिनको म्याद थप

विराटनगर : नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरालाई १० दिनको म्याद थप गरेको छ। प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई बिहीबार अनुसन्धानका लागि भन्दैे म्याद थप गरिएको हो।

प्रहरीले सात दिनको म्याद सकिए लगत्तै १० दिनको म्याद थप गरेर बाँकी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। विश्वकर्मालाई गत बिहीबार नाइन एम एम पेस्तोलमा लोड हुने तीन राउण्ड गोलीसहित विराटनगर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। 

पक्राउ परेका विश्वकर्मालाई मोरङ प्रहरीले खरखजना मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। डीएसपी श्रेष्ठले मुलुकी अपराध संहिता २०७४ अनुसार म्याद थपेर नरेन्द्रमाथि अनुसन्धान गर्ने काम भइरहेको जनाए। 

विश्वकर्मालाई तत्काल रिहाईको माग गर्दै प्रदेश–१मा शैक्षिक संस्था बन्द गरिएको छ। प्रहरी हिरासतमा रहेका प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई छाड्नु पर्ने माग गर्दै नेकपा सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले गरेको शैक्षिक हड्तालको प्रभाव प्रदेशका १४ वटै जिल्लाका शैक्षिक संस्थामा परेको जनाइएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.