खराब मौसमका कारण राष्ट्रपति मोरङ आउने कार्यक्रम रद्द

खराब मौसमका कारण राष्ट्रपति मोरङ आउने कार्यक्रम रद्द

दमक : मौसमका कारण राष्ट्रपति विद्यादेवी भण्डारी मोरङ आउने कार्यक्रम रद्द भएको छ। राष्ट्रपति भण्डारी शुक्रबार विद्यालयको स्वर्ण महोत्सवमा सहभागी हुन आउने कार्यक्रम रहेको थियो।

राष्ट्रपति भण्डारी मोरङको कानेपोखरी र उर्लाबारीमा रहेका २ वटा विद्यालयको स्वर्ण महोत्सवमा सहभागी हुन आउने कार्यक्रम तय भएको थियो। शुक्रबार उनले मोरङको कानेपोखरी-६ स्थित रमाइलोमा स्थापित जनसेवा माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको समापन गर्ने कार्यक्रम थियो।

त्यस्तै, मोरङको उर्लाबारी नगरपालिका- ६ स्थित राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन गर्ने तय भएको थियो। मौसमका कारण हेलिकप्टर उडान गर्न नसक्ने भएपछि राष्ट्रपति भण्डारी आउने कार्यक्रम रद्द भएको संघीय संसदका सांसद घनश्याम खतिवडाले जानकारी दिए। खतिवडाले भने, 'हेलिकप्टरमार्फत कार्यक्रमस्थलमा आउने तय भएको थियो, मौसमको कारण देखाउँदै पाइलटले उडान गर्न मानेनन्। उनले बिमानमार्फत आउने प्रयास पनि गर्नुभयो तर त्यो पनि संभव नभएपछि कार्यक्रम नै रद्द गर्नुपरेको हो।'

राष्ट्रपति नआउने भएपछि रमाइलोस्थित जवनसेवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले गरेका छन्।उर्लाबारीको राधिका माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन भने प्रदेश एकका प्रमुख डा. गोबिन्द सुब्बाले गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.