वर्षाको कारण भलिबलको फाइनल खेल स्थगित

वर्षाको कारण भलिबलको फाइनल खेल स्थगित

रामेछाप : मन्थलीमा जारी मन्थली मेयर कप रामेछाप सिभिल च्याम्पियनसिप चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ। शनिबार हुने भनिएको फाइनल खेल लगातारको वर्षाको कारण आइतबार हुने गरी स्थगित गरिएको हो। 

खेल र खेलाडीको संवेदनशीलतालाई ख्याल गरेर अफिसियल टोली, आयोजक र खेलाडीबीच छलफल गरेर खेल स्थगित गरेको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुरुषोत्तम कडरियाले जानकारी दिए। 

उनका अनुसार आइतबार बिहान ८ बजे तेस्रो स्थानको लागि प्रदेश नम्बर १ विरुद्ध शान्तिद्वीप युवा क्लबको पहिलो खेल हुनेछ। तेस्रो र चौथो स्थानमा रहने टिमको छिनोफानो पछि गण्डकी प्रदेश र नमूना द्वीप युवा क्लबबीच फाइनल खेल हुनेछ। 

प्रतियोगिताको समापन कार्यक्रमको लागि प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलसहितका अतिथि खेल हुन नसकेपछि त्यसै फर्किएका छन्। 

प्रतियोगिताको विजेताले ३ लाख, दोस्रोले २ लाख, तेस्रोले १ लाख र सान्त्वनाले ५० हजार नगदसहित शिल्ड मेडल तथा प्रमाणपत्र पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन्। व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर, डिफेन्डर, सेटर र प्रशिक्षकले १०-१० हजार नगद पाउने छन्। 
   
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.