सामुदायिक वनलाई कर बढाएपछि विरोध

सामुदायिक वनलाई कर बढाएपछि विरोध

काठमाडौं : अब हरेक सामुदायिक वन समूहले आम्दानीको १० प्रतिशत स्थानीय तहलाई कर बुझाउनुपर्ने भन्दै सरकारले ल्याएको नयाँ व्यवस्थाको विरोध भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले यस्तो व्यवस्थाप्रति आपत्ति जनाएको हो । महासंघका पदाधिकारीहरुले सामुदायिक वनहरुलाई कैंची लगाउने तरिका भन्दै यसमा विरोध जनाएका छन् ।

आज विज्ञप्ति निकाल्दै सामुदायिक वन उपभोक्ता महासंघले स्थानीय सरकारलाई मात्रै महंको कर बुझाउनु वैज्ञानिक र व्यवहारिक व्यवस्था नभएको अध्यक्ष भारती पाठकको भनाइ छ ।

महासंघका महासचिव विर्खबहादुर शाहीले यस्तो व्यवस्थालाई सामुदायिक वन समुहको थाप्लोमा करको भारी बोकाउने सरकारको तरिका भन्दै आपत्ति जनाएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को संशोधनमा सामुदायिक वनको कुल आम्दानीको १० प्रतिशत स्थानीय तहलाई उपलब्ध गराउनुपर्ने व्यवस्था राखेपछि विरोध भएको हो ।

जब कि, हालसम्म सामुदायिक वनले आम्दानीको १५ प्रतिशत संघीय सरकारलाई बुझाउँदैआएका छन् । महासंघ अध्यक्ष भारती पाठकले भने संघीय सरकारलाई बुझाउँदैआएको १५ प्रतिशत रकम नै तीनै तहका सरकारलाई भाँड्नुपर्ने बताउँछिन् ।

सरकारले स्थानीय समुदायलाई कमजोर बनाउने मनशाय अनुरुप यस्तो व्यवस्था ल्याइएको भन्दै उनीहरुले आपत्ति जनाएको बताएका छन् । अध्यक्ष पाठक भन्छिन्, ‘स्थानीय सरकारसँगै भोलि प्रदेश सरकारले पनि कर माग्ने अवस्था आएमा हामीले कसरी उपलब्ध गराउने ? अहिलेसम्म संघ सरकारलाई दिँदैआएको कर नै तीनै तहले बाँड्नु उपयुक्त हुन्छ ।’

सामुदायिक वन उपभोक्ता समूहले आम्दानीको २५ प्रतिशत वन विकास, ४० प्रतिशत उद्यम र ३५ प्रतिशत विकासमा खर्च गर्दैआएका छन् । यस्तो अवस्थामा सरकारले नयाँ कानून नै बनाएर सामुदायिक वन उपभोक्ता समूहलाई चर्को करमा बाँध्ने व्यवस्था ल्याएकोमा विरोध जनाएको सामुदायिक वन उपभोक्ता महासंघका सचिव ठाकुर भण्डारीले बताएका छन् । देशका ७७ वटै जिल्लामा २२ हजार भन्दा बढी सामुदायिक वन छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.