अमेरिका हामीसँग के चाहन्छ ?
नेपाल र अमेरिकाबीचको सरकारी भ्रमण र सरकारी सम्बन्ध निकै पुरानो हो। बेलायतका लागि दूत भएका राणाकालीन समयका जर्नेल कृष्ण शमशेरले सन् १९३९ र सिंहशमशेरले १९४५ मा अमेरिका भ्रमण गरेका थिए। स्टेट डिपार्टमेन्ट युद्ध महाशाखाको विशिष्ट पाहुनाका रूपमा तत्कालीन नेपालका सेनापति बबरशमशेर राणाले साताव्यापी भ्रमण गरेका थिए। पहिलो र दोस्रो विश्वयुद्धको परिवेशमा यस्ता सरकारी तथा सैन्य सम्बन्ध अमेरिकासँग प्रत्येक महादेशका मुलुकहरूसँग नभएको होइन।
जहाँ आफ्ना नागरिकको उपस्थिति हुन्छ, त्यहाँ अमेरिकाको चासो र उपस्थिति भइहाल्छ। मुख्यगरी अमेरिकी राष्ट्रपतिको उद्देश्य भनेकै शक्ति प्रयोग गरी अमेरिका र अमेरिकी सुरक्षा दिनु हो। राष्ट्रपतिसँग आदेश, परमादेश लागू गर्न सक्ने अधिकार हुन्छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुमत र अल्पमतको प्रवाह नराखी अमेरिका र अमेरिकीको सुरक्षाका लागि बोर्डर सुरक्षा पहिलो एजेन्डामा राखेका छन्। अनेक संघर्ष गरेर भए पनि बोर्डरको पर्खाल खडा गर्न सके महान् राष्ट्रपतिका रूपमा इतिहासमा नाम लेखिनेछ। अहिले त लड्नु छ, चाहे त्यो डेमोक््रयाट होस् वा आफ्नै पार्टी रिपब्लिकनसँग। जसरी हुन्छ आफ्ना एजेन्डा पूरा गरी सत्य बोल्नेको, बोलेको कुरा पूरा गरिछाड्ने र अमेरिकी प्राण बोकेका महान् राष्ट्रपति बन्नु नै प्रत्येक राष्ट्रपतिको उद्देश्य हुँदै हो। त्यसैले त विश्वकै नेतृत्व गर्ने नेता र मुलुक बनेको छ।
नेपालसँगको सम्बन्ध सरकारी स्तरमा सन् १९४७ देखि सुुरु भएको हो। २२ मार्च १९४७ मै स्टेट डिपार्टमेन्टले विशेष राजनीति कमिसन खडा गरी नेपाल पठाएको थियो। त्यस मिसनको नेतृत्व जोसेफ सी सटरह्वाइटले गरेका थिए।
सटरह्वाइट राष्ट्रपति ह्यारी एस ट्र्युम्यानका निजी दूत पनि थिए, जसले राष्ट्रपतिको निजी पत्र राजा त्रिभुवनलाई हस्तान्तरण गरेका थिए। सोही निजी पत्रमा राष्ट्रपति ट्र्युम्यानले नेपाल एउटा स्वतन्त्र राज्यका रूपमा अमेरिकाले मान्यता दिएको उल्लेख थियो। पछि काठमाडौं २५ अप्रिल १९४७ मा कूटनीति तथा महावाणिज्य दूतावास खोली व्यापार व्यवसाय पनि गर्दै जाने निर्णयमा सम्झौता भएको थियो। नेपालले भने अमेरिकाले भन्दा एक वर्षअघि नेपालले वासिंटन डीसीमा ३ फेब्रुअरी १९५८ मा आफ्नो दूतावास स्थापना गरेको हो। अमेरिकाले ६ अगस्त १९५९ मा नेपालमा आफ्नो दूतावास स्थापना गरेको हो।
विडम्बना भन्नुपर्छ, हामी हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार र अराजकतामा रमायौं, तर असल सभ्यताको विकास गरेनौं।
अमेरिकाबाट उच्चस्तरमा सन् १९९५ मा प्रथम महिला हिलारी क्लिन्टनको मात्र भ्रमण भएको छ। जब आफ्ना नागरिक र कूटनीतिक, महावाणिज्य दूतावासलगायत एजेन्सी संघसंस्था र तिनीहरूसँग आबद्ध अमेरिकी अन्य कर्मचारीमाथि खतरा बढ्न थालेपछि अमेरिकी विदेशमन्त्रीको भ्रमण हुुन्छ। पैसा र हतियारको मात्र सहयोगबाट युद्ध जितिन्न भ्रष्टाचार नियन्त्रण पनि गर्नु भन्ने पाठ सिकाएर जान्छन्। सशस्त्र संघर्षताका यहाँ अमेरिकाको निकै विरोध हुुन्थ्यो।
अमेरिकाले यूएसएआईडीमार्फत बहुपक्षीय सहयोगअन्तर्गत कृषि, स्वास्थ्य, परिवार नियोजन, वातावरण बचाउ, प्रजातन्त्रको विकास र प्रवद्र्धन, शान्ति स्थापनालगायत संविधानसभा निर्वाचन तयारीसम्म धेरै सहयोग गर्दै आएको छ। माओवादी सशस्त्र संघर्षकालमा बन्द गरिएको पिसकोर पनि पुनः सञ्चालनमा आइसकेको छ। अमेरिकाले जनताको रगत–पसिनाबाट कमाएको पैसाबाट कर तिरिएको त्यत्रो रकम सहयोगस्वरूप उपलब्ध गराउँदै आएको छ। तर अमेरिकालाई आवश्यक पर्दा अन्तर्राष्ट्रिय मञ्चहरूमा मतदान गर्न नसक्नु नेपालको कमजोरी होइन र ?
अमेरिकी राष्ट्रपति ट्रम्पले हाम्रो पैसा चाहिन्छ र लिनु छ भने हाम्रो साथी हुनुपर्छ भनेका कुराप्रति हेक्का राख्न सके अमेरिकाको भावना बुझ्न कठिन छैन। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको हालैको भ्रमणले माइलस्टोनको काम नगरे पनि औपचारिक तथा सरकारी सम्बन्ध यथावत् राख्न सकारात्मक भूमिका निर्वाह गरेको छ।
हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण विषय सुरक्षा नै हो। सयांै सुरक्षा घेराभित्र हाम्रा राजा, राजपरिवार र नातेदार गरी दर्जनभन्दा बढीको हत्या हुँदा बेखबर हुन्छौं। हामी मन्त्री मिर्जा र जमिम शाहहरूको हत्या पनि साधारण ठान्छौं अनि हामी हत्या, हिंसा, बलात्कार, भ्रष्टाचार र अराजकतामा रमायौं, तर असल सभ्यताको विकास गरेनौं। बर्दीलाठी र बन्दुकसँग मात्र सुरक्षा छ भन्ने ठान्छौं।
प्रतिक्रिया दिनुहोस !