आहा रारा गोल्डकप : सहरा क्लब सडन डेथमा पराजित

आहा रारा गोल्डकप : सहरा क्लब सडन डेथमा पराजित

पोखरा : पोखरामा बिहीवारदेखि सुरु भएको १७ औं संस्करणको आहा रारा फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहरा क्लब शसस्त्र प्रहरी बल (एपीएफ) सँग सडन डेथको शिकार हुँदै पराजित भएको छ।

 
निर्धारित समयमा आयोजक सहरा क्लब र एपीएफले १-१ गोलको बराबरी गोल गरेका थिए। खेलको १६ औं मिनेटमा सहरा क्लबका विनोद गुरुङले गोल गरेका थिए। त्यसको एकै मिनेटमा खेलको १७ औं मिनेटमा एपीएफका आशिष लामाले गोल फर्काउदै खेललाई बराबरी बनाएका थिए। 

निर्धारित समयमा खेल बराबरीमा टुंगीएपछि ३० मिनेट थपिएको थियो। थपिएको समय पनि गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा दुबै टिमले बराबरी एक एक गोल गुमेपछि खेल सडन डेथमा पुगेको हो। 

सडन डेथमा सहाराका खेलाडी अन्जन देवकोटाले प्रहार गरेको बल एपीएफका रोमन रसाइलीले बचाउ गरे। त्यसपछि पेनाल्टी हान्न आएका एपीएफका विकी लामाले बललाई जाली चुमाएपछि एपीएफले ५-४ गोल अन्तरले आयोजक सहारालाई पन्छाउँदै विजयी यात्रा सुरु गरेको हो। खेलमा एपीएफका बुद्धधिमाल राई म्यान अफ दि म्याच घोषित भए। 

प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी एपीएफ क्लब, नेपाल पुलिस क्लबले सहभीता जनाएका छन्। यसै गरी मनाङमस्याङ्दी क्लब, पुर्वेली धरान फुटवल क्लब, थ्रीस्टार क्लव र हिमालयन शेर्पा क्लबले सहभीता जनाएका छन्। दुई विदेशी टोली डफिन्स क्यामरुन र भारतको युनाइटेड सिक्किम फुटबल क्लब गरी प्रतियोगितामा दश टिम सहभागी छन्। प्रतियोगिताको विजेताले ८ लाख १ हजार र उपविजेताले ४ लाख १ हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र पाउने छन्। 

उद्घाटन कार्यक्रमा सहारा क्लबले वर्षेनी उत्कृष्ट फुटबलरलाई गर्ने सम्मान यस वर्ष नेपाली फुटबल टोलीका गोलकिपर किरण चेम्जोङलाई गरिएको थियो। पर्यटनमन्त्री रवीन्द्र अधिकारीले नगदसहित चेम्जोङलाई सम्मान गरेका थिए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.