दाङ प्रदेश ५ को स्थायी राजधानी : उर्जामन्त्री पुन

दाङ प्रदेश ५ को स्थायी राजधानी : उर्जामन्त्री पुन

दाङ : जलस्रोत तथा उर्जामन्त्री वर्षमान पुनले दाङ नै प्रदेश ५ को स्थायी राजधानी हुनुपर्ने बताएका छन‍् । शुक्रबार दाङमा रिपोटर्स क्लबले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले स्थायी राजधानी तोक्ने अधिकार प्रदेश सभामा मात्रै रहेको बताए ।

पुनले दाङ राजधानी नभए बाँके र बर्दिया प्रदेश नं ५ बाट टुक्रिने तयारीमा रहेकोसमेत जानकारी दिए । त्यहाँका जनताले टुक्रिने अभिव्यक्ति दिइरहेको बताउँदै पुनले भने, 'उनीहरुको माग सम्बोधन गर्न उपयुक्त स्थानमा राजधानी बनाउनुपर्छ। त्यो दाङ नै हो। ' उनले तुलसीपुर क्षेत्रका सबै स्थानहरुमा एक वर्ष भित्रमा विद्युतिकरण गरिसक्ने जानकारी दिए ।

उर्जामन्त्री पुनले नेकपा अध्यक्ष र शीर्ष नेताहरुमा कुनै पनि मतभेद नभएको दावी गरे । आफु पनि नेकपाको कार्यदल सदस्य रहेको बताउदै उनले शीर्ष नेताबीच कुनै पनि मदभेद नभएको स्पष्ट पारे । पुनले भने , 'बाहिर आए जस्तो कुनै मतभेद छैन, तर बहस र तर्कहरु शीर्ष नेताबाट आइरहेको छ । त्यसलाई मदभेद भन्न मिन्दैन । दुई अध्यक्ष र वरिष्ठ नेतामा त्यस्तो केहि छैन ।'

नेकपाका नेतासमेत रहेका पुनले जिल्लास्तरको नेतृत्व चाडैँ चयन हुने बताए । हामी अविलम्ब एकता प्रक्रिया अघि बढाउने तयारीमा छौ, उनले भने, अब अभियानकै रुपमा सञ्चालन गरेर सबै तह, क्षेत्रमा एकता हुन्छ । मन्त्रि पुनले तीन वटै सरकारले एक वर्ष पुरा गरेको भन्दै पहिलो वर्ष कामको आधार खडा भएको बताए । उनले सरकार मूलरुपमा एक वर्षमा सफल भएको दावी समेत गरे । आधार बनाउँदा काम देखिदैन । अब काम देखिन्छ, उनले भने, जनताको जलविद्युत देखि प्रधानमन्मन्त्रि रोजगार कार्यक्रमले देशलाई समृद्धि उन्मुख बनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.