स्वप्नवाटिका अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सम्पन्न
काठमाडौं : शुक्रबार सम्पन्न दोस्रो स्वप्नवाटिका बास्केटबल कप प्रतियोगितामा इनोभेटिभ स्कुल र नेरिक एकेडमी विजयी भएका छन् । इनोभेटिभले सिनियर गल्र्सतर्फ र नेरिकले जुनियर ब्वाइजको उपाधि जितेका हुन् ।
राजधानीको बुद्धनगरस्थित स्वप्नवाटिका स्कुलको कोर्टमा भएको गल्र्स फाइनलमा इनोभेटिभले रिलायन्स स्कुललाई ३५–१२ ले पराजित ग¥यो । इनोभेटिभकी शोभ्या महर्जनले ८ अंक जोडेकी थिइन् । जुनियर ब्वाइजको उपाधि भिडन्तमा नेरिक एकेडेमीले स्वप्नवाटिका स्कुललाई २२–१३ ले पराजित ग¥यो । नेरिक एकेडेमीका भुवन थापाले ११ स्कोर गरे ।
गल्र्समा इनोभेटिभकी जेनेभा महर्जन र ब्वाइजमा नेरिकका रवीन्द्र बोहरा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । गल्र्समा सिर्जनशील तथा जुनियर ब्वाइजमा साउथ पोइन्टले अनुशासित टीमको उपाधि हात पारे । प्रतियोगिताको सिनियर गल्र्सका लागि जम्मा १२ र जुनियर ब्वाइज तर्फ ८ वटा टीम सहभागी थिए । फागुन ४ गते सुरु भएको प्रतियोगिता १० गते सम्पन्न भएको हो ।