पाकिस्तान सुपर लिग : सन्दीपको टिम लाहोरले मुल्तानलाई ६ विकेटले हरायो

पाकिस्तान सुपर लिग : सन्दीपको टिम लाहोरले मुल्तानलाई ६ विकेटले हरायो

काठमाडौँ : पाकिस्तान सुपर लिग अन्तरगत आफ्नो डेब्यु खेलमै तीन विकेट लिएका सन्दीपले जितको स्वाद पनि लिन सफल भएका छन् । सन्दीपले पाकिस्तान सुपर लिगमा डेब्यु गर्दै ३ विकेट लिएको खेलमा उनको टिम लाहोर कलन्दर्सले मुल्तान सुल्तानलाई ६ विकेटको फराकिलो अन्तरले हराउन सफल भयो । 

विस्फोटक ब्याटिङ गरेको मुल्तानले पुरै २० ओभर खेल्दै दिएको २०१ रनको लक्ष्य पनि सन्दीपको टीम लाहोरले भेट्टाउन सफल भएको हो । उसका लागि डेभिड वाइजले अन्तिम बलमा छक्का प्रहार गर्दै सिजनको दोस्रो जित सुनिश्चित गराए । 

२०० भन्दा माथिको स्कोर पनि उछिन्ने क्रममा लाहोरका लागि कप्तान एबी डे भिलियर्स र डेभिड वाइजले पाँचौ विकेटका लागि ९८ रनको गतिलो साझेदारी गरेका थिए । सिजनको दोस्रो जित दर्ता गराएको लाहोरका लागि यी दुवैले जीतको आधार खडा गरे । 

लाहोरका लागि सर्वाधिक स्कोर ओपनर फकर जमनको नाममा रह्यो । उनले ३५ बलको सामना गर्दै ६३ रनको गतिलो पारी खेले । उनले आफ्नो पारीमा सात चौका र तीन छक्का पनि हाने । कप्तान डे भिलियर्सले २९ बलमा ५२ रनको गतिलो पारी खेले । नटआउट रहेका उनले यसक्रममा तीन चौका र तीन छक्का पनि हान्दै अर्धशतकीय शानदार पारी खेले । उनलाई साथ दिएका डेभिड वाइजले २९ बलको सामना गर्दै ४५ रन बनाए । उनले आफ्नो पारीमा ५ छक्का पनि हाने । 

पराजित भएको मुल्तानका लागि जुनइद खानले तीन विकेट लिए पनि जित दिलाउन सकेनन्।

यसअघि शारजहाँ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा उत्रेको मुल्तानले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा २०० रनको गतिलो स्कोर खडा गरेको थियो । त्यसक्रममा लाहोर कलान्दर्सबाट डेब्यु बलिङ गर्दै सन्दीपले विस्फोटक व्याटिङ गरेको मुल्तान सुल्तान्सका तीन विकेट लिन सफल भए । 

४ ओभर बलिङ गरेका सन्दीपले महँगो सावित भए पनि तीन विकेट लिन सफल भए । ४ ओभर बलिङका क्रममा सन्दीपले ११.५० इकोनोमी राख्दै ४६ रन खर्चिएका थिए । 

विस्फोट ब्याटिङ गर्दै ४१ बलमा ८४ रन बनाएका मुल्तानका जेम्स भिन्सलाई सन्दीपले आफ्नो र टिमकै पहिलो विकेटका रुपमा फखर जमानको हातबाट क्याच आउट गराए । 

सन्दीपले त्यसपछि तेस्रो क्रममा आएका मुल्तानका क्याप्टेन सोयब मल्लिकलाई ८ बलमा १० रन बनाएको अवस्थामा क्याच आउट गराए । यो पटक उनले विएसेको हातबाट मल्लिकलाई क्याच आउट गराउँदै पेभेलियन फर्काए । 

त्यसपछि सन्दीपले ६ बलमा ७ रन बनाएको अवस्थामा आन्द्रे रसेललाई पेभेलियन फर्काए । पहिलो बलमा छक्का हानेका रसेल सन्दीपको तेस्रो बलमा पेभेलियन फर्किए । लाहोरका लागि सन्दीपपछि शाहीन शाह अफ्रिदीले ३ ओभर बलिङ गर्दै १५ रन खर्चिएर १ विकेट लिए । 

सुरुबाटै विस्फोटक बलिङ गरेको मुल्तानका लागि ओपनर जेम्स भिन्सले ४१ बलमा ८४ रनको शानदार पारी खेले । उनले ७ चौका र ६ छक्का पनि हानेका थिए । मुल्तानका लागि अर्का ओपनर उमार सिद्धिकले ३८ बलमा ५३ रनको अर्धसतकीय पारी खेले । सिद्धिकले आफ्नो पारीमा चार चौका र २ छक्का हानेका थिए । 

भिन्सको विस्फोटक व्याटिङ मद्दतमा मुल्तानले ४ विकेटको क्षतिमा पुरै २० ओभर खेल्दै २०० रनको गतिलो स्कोर खडा गर्न सफल भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.