पाँच तस्बिरमा हेर्नुहोस् १३ वर्षपछि रानीपौवमा परेको हिमपात

पाँच तस्बिरमा हेर्नुहोस् १३ वर्षपछि रानीपौवमा परेको हिमपात

नुवाकोट : बुधबार रातिदेखि पानी परेपछि नुवाकोट र रसुवामा भारी हिमपात भएको छ। रातिदेखि नै पानी परेपछि दुवै जिल्लाका विभिन्न स्थानमा हिमपात हुनुका साथै अत्याधिक चिसो बढेको छ।

दुई दिनदेखि परेको पानीले हिमपात भएर तापक्रम घटेका कारण नुवाकोट र रसुवाको उच्च भेगमा निकै कठ्यांग्रिदो चिसो बढेको छ। नुवाकोटको पर्यटकीय ककनीको रानीपौवा बजार र आसपासमा १३ वर्षपछि हिमपात भएको छ। हिमपात भएपछि नजिकको स्थानमा हिउँ खेल्न आन्तरिक तथा वाह्य पर्यटक बढेका छन्।

झण्डै डेढ दशकपछि आफ्नै ठाउँमा हिमपात भएपछि निकै खुसी लागेको र हिउँ खेल्न नुवाकोटको सदरमुकाम विदुर तथा काठमाडौबाट पर्यटक आइरहेको ककनीको रानीपौवाकी सविना भट्टले बताइन्। सो स्थानमा बिहीबार बिहानैदेखि हिउँ खेल्नेको भीड लागेको उनले बताइन्। हिउँ खेल्न पर्यटक आएपछि कारावारसमेत बढेको छ।नुवाकोटसँगै जोडिएको रसुवाको कालिकास्थान तथा स्याउवारीसमेत हिउँ खेल्नेको भीड लागेको छ।

भूकम्प पीडित भने चोक तथा घरटहरा भित्र बसेर दाउरा बाल्दै न्यानो लिइरहेका छन्। नुवाकोटको ककनी, सिक्रे, सामरी, भाल्चे, फिकुरी, काहुले, घ्याङफेदी, उर्लेनी, चिम्टेश्वर तथा रसुवाको लाङटाङ, गत्लाङ, तथा गोसाइकुण्ड क्षेत्रमा अत्याधिक पानी परेका कारण हिमपात भएको हो।

हिउँदे बालीहरु अन्न तथा तरकारी खेति गरेका किसान निकै खुसी भएका छन् भने उच्च क्षेत्रमा हिउँ परेपछि स्थानीयलाई कष्ट भएको ककनीका शेषमान लामाले बताए। यसका साथै, रसुवाको लाङटाङ, गोसाइकुण्ड, गत्लाङ, थुमन, साङ्जेन, गणेश हिमाल आसपासका क्षेत्रमा हिमपात परेको रसुवाका आमाछेदुङ गाउँपालिका-४ गत्लाङका नवीन लामाले जानकारी दिए। रसुवाको प्रमुख पर्यटकीय गोसाइकुण्ड पदमार्गमा रहेको चोलाङपाटीमाथि हिमपात भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.