हाँस्दैहाँस्दै गए, पोकोमा बाँधिएर आए, नौ तस्बिर

हाँस्दैहाँस्दै गए, पोकोमा बाँधिएर आए, नौ तस्बिर

काठमाडौँ : तेह्रथुमको चुहानडाँडास्थित विमानस्थलको सम्भाव्यताबारे बुझेर राजधानी फर्किएलगत्तै बिहीबार जर्मनीतर्फ उड्ने तयारीमा थिए संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी । 

तर, तेह्रथुमको विमानस्थल निर्माणबारे अध्ययनपछि ताप्लेजुङको पाथीभरा दर्शनमा पुगेका मन्त्री अधिकारीसहित सातैजना अब कहिल्यै फर्कने छैनन् । बेलुका फर्किने योजनासहित हाँस्दैहाँस्दै त्रिभुवन विमानस्थलबाट तेह्रथुमतर्फ लागेका मन्त्री अधिकारीको चिन्न सकिने अवस्थाको शवको पोको नेपाली सेनाको हेलिकोप्टरले बिहीबार काठमाडौँ ल्याएको छ । 

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने अभियानसहित मन्त्री अधिकारी पर्यटन प्रर्वद्धन कार्यक्रम लिएर बिहीबार जर्मनी जाने तयारीमा थिए । नेपालमा २० लाख पर्यटक ल्याउने चुनौतीलाई हाँसी हाँसी स्वीकारेका उनले पर्यटनबाटै नेपालको समृद्धि सम्भव हुने गरी खाका पनि कोरेका थिए । 

मन्त्री अधिकारीले पर्यटन सम्हालेयता नेपालमा उत्साहजनक रुपमा वर्षौँदेखिको रेकर्ड तोड्दै पर्यटक आइरहेका थिए । मन्त्री अधिकारीकै पहलमा गौतम बुद्ध र पोखरा विमानस्थल निर्माणले तीब्रता पाएका थिए । तर, ती सबै योजना अपुरा र अधुरै छाड्दै मन्त्री अधिकारी ताप्लेजुङमा एउटा पोको बनेर फर्किएका छन् । अफ्ठेरो क्षणमा पनि मुस्काइरहने मन्त्री अधिकारी र उनका सुरक्षागार्ड अर्जुन घिमिरेको मात्रै शव चिनिने अवस्थामा काठमाडौँ आइपुगेको छ । 

ताप्लेजुङको फुङिलङस्थित तारेभिरमा बुधबार दिउँसो भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टरका चालक क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो ।

सबै तस्बिरहरू : सरोज बैजू


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.