आहा रारा गोल्डकपको उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्ने

आहा रारा गोल्डकपको उपाधिका लागि आर्मी र थ्रीस्टार भिड्ने

पोखरा : पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब उपाधिका लागि भिड्ने भएका छन्। पोखरा रंगशालामा बिहीवार भएको खेलमा क्यामरुनी टोली डफिन्स फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी क्लबले थ्रीस्टारसँग फाइनलमा भेट गरेको हो।

त्रिभुवन आर्मी क्लबका टेक बहादुर बुढाथोकीले खेलको १३ र्औ मिनेटमा गरेको एक मात्र गोलको मद्दतले यस सिजनमा तीन उपाधी जितेको क्यामरुनी टोली डफिन्सको सिजनको चौथो उपाधि जित्ने सपनामा तुषारापात लागेको थियो। दीपक गुरुङको लङक्रस बललाई बुढाथोकीले डिफेन्डरलाई बिट गर्दै हानेको हेडिङले पोष्टको जाली चुमेको थियो। डफिन्सले पोखराको मनकामना केवलकार पोखरा कप, धरानको बुढासुब्बा गोल्डकप र बुटलको तिलोत्तमा गोल्डकप जितेको थियो।

खेलको सुरुवपाती समयमै एक गोलले पछि परेपछि दबावमा परेको क्यामरुनी टोलीले पाएका केही अवसर पनि सदुपयोग गर्न सकेन। खेलको ८५ औं मिनेटमा क्यारुनले भरपर्दा फरवार्ड डिम्बा ओना रेडकार्ड पाएर बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो। यस अघि खेलको २४ औं मिनेटमा क्यारुनका ओनाले गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए। यस्तै गरी खेलको खेलको २६ औं मिनेटमा निया टेकुनकुले पाएको अवसर सदुपयोग गर्न सकेनन्। खेलको ६७ औं मिनेटमा अहण्डाले हानेको प्रहार विपक्षी गोलकिपरले मुस्किलले बचाउ गरेका थिए।

त्रिभुवन आर्मी क्लबले भने खेलको पहिलो हाफदेखि नै क्यारुनी टोलीलाई दबावमा पारेको थियो। खेलको सुरुवाती समयमै एक गोलले लिड गरेपछि आर्मी थप आक्रमक बनेको थियो। खेलको ३३ औं मिनेटमा आर्मीका भरत खवासले पाएको राम्रो अवसर खेर फालेका थिए। उनले प्रहार गरेको बल डफिन्सका गोलरक्षकले बचाउ गरेका थिए।

खेलको ४५ औं मिनेटमा आर्मीका खवासले क्यामरुनी ३ खेलाडीलाई छक्याउँदै गोल डिबक्स भित्रबाट हानेको प्रहार गोल हुनबाट चुकेको थियो। खेलको ६१ र्औ मिनेटमा टंक बस्नेतको पासलाई नवयुग श्रेष्ठले हानेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरेका थिए। खेलका ६९ औं मिनेटमा खवासले अर्को मौका चुकाएका थिए।

उनले विपक्षी गोलरक्षकसँगको वान भर्षेस वानमा गोल गर्न बाट चुकेका थिए। गोलका लागि अवसर सिर्जना गरेका आर्मीका दीपक गुरुङ म्यान अफ दि म्याच घोषित भए। सहारा क्लबको आयोजनामा भएको १७ औं आहा रारा गोल्डकपको उपाधिकालागि शनिवार त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब बिच हुने छ।

पोखरामा जारी आहा रारा गोल्डकपमा बिहीवार भएको खेलमा बलका लागि भिड्दै त्रिभुवन आर्मी क्लब र क्यामरुती टोलीका खेलाडी। फोटोः कृष्णमणि बराल/अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.