भारत-पाक विवादमा नेपालमा प्रदर्शन गर्नु गलत : ध्रुवहरि अधिकारी
काठमाडौं : वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक ध्रुवहरि अधिकारीले - भारत पाकिस्तान विवादमा कुनै एक देशको पक्ष लिएर नेपालमा प्रदर्शन गर्नु गलत भएको बताएका छन् । रेडियो अन्नपूर्णको कार्यक्रम मूलप्रवाहमा ठाकुर वेलवासेसँग कुरा गर्दै उनले नेपाल सार्क राष्टको अध्यक्षका नाताले कुटनीतिक मध्यस्तकता गर्नु पर्ने भए पनि अहिलेको अवस्थामा नेपालले त्यो हैसियत नराख्ने बताए। अधिकारीले - भारतीय गोर्खा फौजमा तीस हजार बढी नेपाली युवा कार्यरत रहेका कारण पनि नेपाल बढी सचेत रहनुपर्ने बताए ।