मोरङले गुमायो लोकप्रिय नेता

मोरङले गुमायो लोकप्रिय नेता

दमक : मोरङले एउटा कुशल नेतृत्व क्षमता भएका लोकप्रिय बामपन्थी नेता भरतमोहन अधिकारीलाई गुमाएको छ। मोरङबाट राजनीति गर्ने चर्चित नेताहरु मध्येका एक नक्षत्र अधिकारीलाई गुमाउँदा यतिबेला मोरङेली जनता दु:खी भएका छन्।

तत्कालीन मोरङको क्षेत्र नम्बर २ लाई आफ्नो चुनावी क्षेत्र बनाएर अधिकारीले तीन पटकसम्म चुनाव जितेका थिए। उनी 2०४८, २०५१ र २०५६ गरी तीनपटक सांसद र एकपटक समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए।

लामो समय मोरङका जनताका दुःख पीडामा बिताएका अधिकारीको निधनमा यहाँका नेता, कार्यकर्ता तथा जनताले दुःख व्यक्त गरेका छन्। भरतमोहनस‍ँगै जेल जीवन बिताएका मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सरकारका सांसद घनश्याम खतिवडाले अधिकारीको निधनप्रति दुःख प्रकट गरेका छन्।

उनले नेपाली राजनीतिका एक धरोहरको निधनले अपूरणीय क्षति पुगेको बताए। अधिकारी युगले जन्माउने सच्चा नेता मध्येका एक रहेको उनले बताए। सँगै ४ महिना जेल जीवन बिताउँदा आफूले नजिकबाट नियाल्ने अवसर पाएको उनले बताए। उनले भने, '२०४६ सालको आन्दोलनका क्रममा हामी संयोगबस जेलको एउटै कोठामा बन्दी बनाइएका थियौं। त्यतिबेला देखिनै उहाको विचार र जीवनशैलीबाट म प्रभावित भएको हुँ।'

जेलबाट बाहिरदा अधिकारीले त्यतिबेला माक्सबादी र माले एकीकरण गर्नुपर्ने कुरा उठाएको उनले संझे। अधिकारीको भनाई उदृध गर्दै संसद खतिवडाले भने, 'आफ्ना नेतालाई भन्दिनू जेलमा एउटा भरमोहन अधिकारी नामको मान्छे थियो, उसले आफू माक्सवादीको केन्द्रीय नेताभन्दा माले र माक्सवादी मिलेर बनेको कम्युनिस्ट पार्टीको गाउँ कमिटीको सदस्य भएर बस्न चाहन्छ।'

त्यतिबेला अधिकारी माक्सवादीको र आफू मालेको तर्फबाट जेलमा परेको उनले बताए। दुई पार्टीलाई एकीकरण गर्ने सवालको उनको महत्वपूर्ण योगदान रहेको खतिवडाले बताए। पछि जेलबाट छुटेपछि यो कुरा मदन भण्डारीलाई समेत आफूले सुनाएको खतिवडाले बताए। 

वृद्धभत्ताजस्ता लोकप्रिय कार्यक्रम ल्याएपछि उनको पार्टी एकीकरणमा रहेको महत्वपूर्ण योगदान पछिल्लो समय भुल्दै गएको प्रति भने उनले चिन्ता व्यक्त गरे। त्यस्तै भरतमोहन अधिकारीका भतिजा बिनय अधिकारीले आफ्नो काका अत्यन्तै सादगी जीवन बिताउने उच्च राजनैतिक चेतना भएको व्यक्ति रहेको बताए। उनले काका आफ्नै बलले राजनीतिमा आएको पनि बताए। मनमोहन अधिकारीले पटक पटक उनलाई घर व्यवहार सम्हालेर बस्न भने पनि भारतमा रहदा कम्युनिस्ट पार्टीमा आबद्ध भएको भतिजा बिनयले स्मरण गरे। 

उनले आफ्नो काकाबाउ अत्यन्तै शालिन र कार्यकर्तालाई माया गर्ने स्वभावका रहेको बताए। मोरङ क्षेत्र नम्बर २ बाट चुनाव लड्दा आफूसँगै हिँडेका अधिकारीलाई उर्लाबारीका नेकपाका स्थानीय कार्यकर्ता मानबहादुर श्रेष्ठले सबैको कुरा सुन्ने नेताको रुपमा लिएका छन्।

निर्वाचनका बेला तथा अन्य बेला अधिकारीले सबैसँग सजिलै घुलमिल भएर समय बिताउने गरेको उनले बताए। आफूले एकदिन मौन बसेका अधिकारीलाई के सोच्नु भएको भनि प्रश्न गर्दा विदेश जाने युवालाई कसरी स्वदेशमै राख्न सकिएला भनेर सोचेको भन्ने जवाफ दिएको उनले स्मरण गरे। 

अधिकारी अर्थमन्त्री हुँदा उनले ल्याएका लोकप्रिय कार्यक्रम सदैब जनताले संझिरहने छन्। २०५१ उनी अर्थमन्त्री हुँदा 'वृद्ध भत्ता' र 'नौ स' जस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए। उनले ल्याएको अन्य लोकप्रिय कार्यक्रममा आफ्नो गाउँ आफै बनाऔं, राष्ट्रिय विभूतिका नाममा सडक नामकरण, हेटौडा-काठमाडौं सुरुङमार्ग, सडकको दुवैतिर वृक्षारोपण, सुत्केरी भत्ता, श्रीमान् श्रीमतीको संयुक्त नाममा जग्गाको रजिष्ट्रेसन पास, गाउँगाउँमा सहकारी घरघरमा रोजगारी हुन्।

उनी कुशल अर्थमन्त्रीको रुपमा समेत चिनिन्छ। उनले अर्थतन्त्रका सवालमा सबै राज्यले गर्नुपर्छ र सबै बजारलाई छाड्नुपर्छ भन्ने दुवै अतिबादी चिन्तनको बिचबाट राज्य, सहकारी र नीजि क्षेत्रको तीन खम्बे अर्थ नीति अंगिकार गर्न नेतृत्व गरेका थिए। बजेटमा समाजिक कार्यक्रम समावेश गर्ने जस पनि भरतमोहनलाई नै जान्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.