सामसुङ ग्यालेक्सी एस १० बजारमा, यस्ता छन् विशेषता

सामसुङ ग्यालेक्सी एस १० बजारमा, यस्ता छन् विशेषता

काठमाडौं: सामसुङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी एस१० स्मार्ट फोन बजारमा ल्याएको छ। सामसुङ एस सेरिजअन्तर्गत विभिन्न चार प्रकारका फोनहरु पनि बजारमा आएका छन्। यससँगै स्मार्टफोनको बजारमा सम्पूर्ण आवश्यकतालाई यस फोनले समेट्ने छ। क्यामरा, डिस्प्ले तथा कर्याक्षमताका कारण सामसुङले बजारमा आफ्नो बलियो छाप छाड्न सफल भएको छ।

एक दशकभन्दा लामो अनुसन्धानबाट विकास भएको यस मोबाइल फोनले नयाँ पुस्ताको मोबाइल फोनको कार्यक्षमता प्रदर्शन गरेको छ। ग्यालेक्सी एस १० हरेक दृष्टिबाट उत्कृष्ट छ। यसको डिस्प्ले, क्यामरा, कार्यक्षमता सबै उत्कृष्ट रहेको कम्पनीको दावी छ।

नयाँ डाइनामिक एएमओएलइडी डिस्प्ले, न्यू जेनेरेसन क्यामेरा चुस्त कार्यक्षमता आदिले ग्राहकलाई वास्तवमै स्मार्टफोनको नयाँ मापदण्डका रुपमा ग्यालेक्सी एस१० स्थापित भएको छ।

'१० वर्ष अघि सामसुङले जब ग्यालेक्सी एस सिरिज बजारमा प्रस्तुत गर्‍यो त्यसपछि एस सिरिज नविन आविष्कारका साथ ग्राहकरलाई अभूतपूर्व क्षमता प्रदान गरी पहिचान स्थापिन गर्न सफल भयो' सामसुङ मोबाइल डिभिजन नेपालका प्रमुख प्रणय रत्न स्थापितले बताए।

ग्यालेक्सी एस१०ले डिस्प्ले, क्यामरा तथा कार्यक्षमतामा नवीनता प्रदान गर्नुका साथै यसका चार प्रकारमा मोडलले खास खास विशेषता सहित ग्राहकवर्गलाई आफ्नो नवीन कार्यक्षमता प्रदर्शन गर्ने छन्।

विश्वकै पहिलो एचडीआर१० प्रमाणित डाइनामिक एएमओएलईडी डिस्प्ले एवं अल्ट्रासोनिक फिङ्गरप्रिन्ट स्क्यानरको साथ फुल स्क्रिनको जीवन्त अनुभव लिन सकिन्छ। यस फोनमा हरेक डिजिटल विषयवस्तुहरु स्पष्टरुपमा देख्न सकिन्छ भने यसको वृहत् कलरले तस्बिरलाई जीवन्त तुल्याउन मद्दत पुगेको छ।

ग्यालेक्सी एस१० को डाइनामिक एएमओएलईडी डिस्प्ले भिडीई प्रमाणित भएको कम्पनीले बताएको छ। डिस्प्ले मेटद्वारा प्रमाणित भएको हुँदा यसले वास्तविक रंग देखाउँछ भने यसले नीलो रंगलाई घटाई आँखालाई हेर्न अझ धेरै सहजता प्रदान गर्दछ।

ग्यालेक्सी एस१० ले नयाँ जमानाको वाईफाईसँग आवद्ध गराउँदछ, भीडभाड हुने स्थान जस्तै एयरपोर्ट आदिमा यो ४ गुणा छिटो हुन्छ। गेमको लागि एआइमा आधारित यो फोन गेमिङ्गका लागि विशेष छ।

ग्यालेक्सी एस१० प्रिज्म ह्वाईट, प्रिज्म ब्ल्याक र प्रिज्म ब्ल्यू गरी ३ रंगमा उपलब्ध हुनेछ।यो फोन प्रिअडर गर्ने ग्राहकले ग्यालेक्सी बड्स निःशुल्क रुपमा पाउनु सक्नेछन्। प्रि अडर यही मार्च १ देखि मार्च १४ तारिख सम्म गर्न सकिने छ । प्रिअडर गर्ने ग्राहकहरुले यी उपहार प्राप्त गर्न सक्नेछन्।

-१४,५०० बराबरको सामसुङ ग्यालेक्सी बड्स

-एक वर्ष सम्म ब्रेकेज बीमा

-टर्किस एयरलाइन्सको विजिनेश क्लासको हवाई टिकटमा अधिकतम १५ प्रतिशत छुट र इकोनोमी क्लासमा अधिकतम १० प्रतिशत छुट

- एस ट्राभल्सको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्याकेजमा १० प्रतिशत छुट

-लेट मी ईन्को सम्पूर्ण प्रकारका फेसियल ट्रिटमेन्टमा अधिकतम २० प्रतिशत छुट

- बयोधा अस्पतालको १०,००० को फुल बडी चेकअप मा १५ प्रतिशत छुट

-केजीएच ग्रुपको केजीएच प्रपर्टिजहरुमा एक जोडीलाई ५,००० को विशेष व्यवस्था 

साथै यो मोबाइल खरिद गर्न देशका विभिन्न ९ बैंकहरु ग्लोबल आइएमई बैंक, नविल बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, कुमारी बैंक, एनएमबि बैंक माछापुच्छ्रे बैंक तथा हुलास इन्भेष्टमेन्टबाट मासिक किस्ताबन्दीका साथै सहज फाइनान्सको व्यवस्था पनि मिलाएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.