क्याम्पसको स्तरवृद्धिका लागि शितगंगामा धार्मिक महोत्सव

क्याम्पसको स्तरवृद्धिका लागि शितगंगामा धार्मिक महोत्सव

सन्धिखर्क : अर्घाखाँचीको शितगंगा नगरपालिकामा रहेको ज्योति भविश्वर बहुमुखी क्याम्पसको स्तर वृद्धि गर्न महायज्ञ सञ्चालन गरिने भएको छ। भौगलिक हिसाबले नेपालको ठूलो नगरपालिका शितगंगामा रहेको एक मात्र क्याम्पस भविश्वरको स्तर वृद्धि गर्न महायज्ञ हुने  आयोजकले जनाएको छ।

क्याम्पसको स्तरवृद्धि नहुँदा जुकेना ,जलुके ,सिद्धारा ,सिमलपानी, ठाडा, सितापुरका विद्यार्थी बुटबल, कपिलवस्तु गएर अध्ययन गर्न बाध्य छन्। फाल्गुन २४ गतेदेखि चैत्र १ गते सम्म सञ्चालन हुने महायज्ञको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

महायज्ञबाट क्याम्पसको स्तरउन्नति ,स्नाकोतर सञ्चालन, इलाइब्रेरीको व्यबस्था, भौतिक संरचनाको निर्माण गर्ने उद्धेश्यले धार्मिक महोत्सव गर्न लागिएको मूल आयोजक समितीका सदस्य माधब पौडेलले बताए। धार्मिक महोत्सवले शितगंगा नगरपालिका भित्र रहेको पर्यटकीय स्थलको पहिचान गर्ने, संरक्षण र प्रचार गर्न टेवा पुग्ने लक्ष्य रहेको नगरप्रमुख सूर्यप्रसाद अधिकारीले बताए।

महत्सवले क्याम्पसको स्तर उन्नति हुने विश्वास लिएको क्याम्पस प्रमुख बिष्णु भट्टराईले बताए।धार्मिक महोत्सवमा एक लाख भन्दा बढी श्रद्धालु भक्तजनको उपस्थित हुने लक्ष्य लिइएको शितगंगा शैक्षिक तथा धार्मिक महोत्सव मुल समारोह समितिका अध्यक्ष तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुमार केशव सिंहले जानकारी दिए।

महोत्सवलाई भब्य बनाउन मुल समारोह समिति सचिवालयले विभिन्न खालका उपसमितिहरु निर्माण गरेको छ। प्रचारप्रसार उपसमिति मन्च, व्यवस्थापन उपसमिति, अतिथि सत्कार उपसमिति, खाध्य व्यवस्थापन, उपसमिति स्वयंसेवक लगायतका दर्जनौं समितिहरु निर्माण गरिएको छ। 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.