अर्थ मन्त्रालयका २२ कर्मचारीलाई भारतमा तालिम
काठमाडौ : अघिल्लो वर्ष झैँ यस पटक पनि नेपाल सरकार अर्थ मन्त्रालयका २२ जना कर्मचारीहरुको तालिम भारतमा सुरु भएको छ ।
नेपाल र भारत सरकारबीच भएको समझदारी अनुसार नै उनीहरुको तेस्रो चरणको तालिम भारतमा सुरु भएको हो । हरेक बर्ष ६२ कर्मचारीलई भारत सरकारको विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्र्तगत तालिम हुँदैआएको छ ।
सोही अनुरुप फागुन २० गते अर्थात गत सोमबारदेखि तालिम सुरु भएको काठमाडौंस्थित भारतीय राजदूतावासले विज्ञिप्ति निकालेर जनाएको हो । विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन सहित विश्वव्यापी अभ्यासबारे तालिममा सिकाइन्छ ।
प्रतिक्रिया दिनुहोस !
३