भजन जोगाउँदै तन्‍नेरी (तस्बिरसहित)

भजन जोगाउँदै तन्‍नेरी (तस्बिरसहित)

बागलुङ : बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ५ बिहुँकोट। जिल्लामा सबैभन्दा बढी युवाहरु जापान जाने र अधिक रेमिट्यान्स भित्रिने सदरमुकाम नजिकैको गाउँ। जुन गाउँका घरमा जापान नगएका युवा मुस्किलले भेटिन्छन्। जापान नगएका घरहरुको पनि अन्य कुनै न कुनै देशमा जाने क्रम तीव्र छ।

गाउँका पुराना मौलिक सँस्कृति नयाँ पुस्तामा हस्तान्तरण नहुने हो की भन्ने बुढापाकाको चिन्ता र पिरलोलाई ध्यानमा राख्दै मौलिक लोक भजन जोगाउन गाउँमा भएका स्थानीय युवाहरु सक्रिय बनेका छन्। विदेशमा भएकाहरुले आफूले सक्ने सहयोग गरेका छन्। 

धेरै ठाउँमा स्थानीयस्तरमा गठित क्लबले खेल कार्यक्रम राखेर मेला उत्सव गर्ने परिपाटी बढेका बेला बिहुँका युवाहरुले बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र गठन गरी रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा राष्ट्रिय भजन उत्सव गरे। राष्ट्रियस्तरको भजन प्रतियोगितामा विभिन्‍न जिल्लाका १८ भजन समूहको सहभागिता रहेको थियो।

प्रतियोगितामा जैमिनी नगरपालिकाको जैमिनी सङकिर्तन समूह पहिलो भएको छ। पार्वति गुफा भजन कृतन समूह पर्वत दोस्रो, अमर माविको समूह तेस्रो र शिव मन्दिर भजन समूह जैमिनीले सान्त्वना स्थान हासिल गरेको केन्द्रका सदस्य भरत सापकोटाले बताए। 

मौलिक भजनको जर्गेना र ऐतिहासिक महत्वको मन्दिरको प्रचार प्रसार गरी धार्मिक पर्यटन प्रर्वद्धन गर्न राष्ट्रियस्तरको भजन उत्सव आयोजना गरिएको केन्द्रका अध्यक्ष कृष्ण कंडेलले बताए। ‘गाउँघरमा युवा पुस्ताको  विदेश पलायनका कारण मौलिक लोक भजन लोप हुन सक्ने जोखिममा छ, पाश्चात्य सँस्कृतिको प्रभावका कारण भजन भन्ने बित्तिकै अहिले शहरका मात्र होइन, गाउँका युवा, बालबालिकाले पनि नाक खुम्च्याउन थालेका छन्,’ उनले भने, ‘भजनको आफ्नै मौलिकता, मर्म र सन्देश छ भन्ने उनीहरुलाई बोध गराएर पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृति सिप हस्तान्तरण गर्न कार्यक्रम गरेका हौँ।’

गाउँमा गरिएको राष्ट्रियस्तरको यस कार्यक्रमले अन्य स्थानका युवाहरुलाई पनि आफ्नो मौलिक कला संस्कृति संरक्षणका लागि जिम्मेवारीबोध हुने आयोजकको अपेक्षा छ। गाउँमै बसेर स्थानीय युवाहरुले मौलिक संस्कृति जगेर्नाका लागि गरिरहेको प्रयास प्रशंसनीय भएको गायक प्रजापति पराजुलीले बताए। ‘गाउँ नै जापानमय भएको रहेछ, युवा जापान जाने र श्रीमति पनि उतै लैजाने यस गाउँको संस्कृति जस्तो बनेको पाए,’ उनले भने, ‘स्थानीय युवाहरुले आफ्नो दायित्वबोध गरेर कार्यक्रम गर्नु सकरात्मक हो, सबैले प्रोत्साहित गर्नुपर्छ।’
१००८ स्वामी श्री प्रमानन्द सरस्वतीको जन्मथलो रहेको बिहुँको रामकोटलाई धार्मिक गन्तव्यको रुपमा विकास गर्न सकिने धेरै सम्भावना भएकाले यस कार्यक्रमले देश विदेशमा प्रचार प्रसारका लागि सहयोग गरेको काठेखोला गाउँपालिका वडा नम्बर ५ वडा अध्यक्ष शिव कंडेलले बताए। अहिले मन्दिर परिसरमा भौतिक पूर्वाधार निर्माणको काम पनि तीव्र पारिएको छ। उच्च डाँडामा जंगलकोबीचमा अवस्थित भएकाले यो ठाउँमा पुग्दा पुजाआजामा विश्वास नगर्नेहरु पनि आनन्दको महुशुस गर्न सक्छन्। 

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.