सुखानीको जंगलमा ओली-प्रचण्ड (फोटो)
बिर्तामोड : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार ४६ औँ सुखानी सहिद स्मृति दिवसलाई एउटै मञ्चबाट सम्बोधन गरे। पञ्चायतकालमा हत्या गरिएका कम्युनिस्ट आन्दोलनका अगुवाको सम्झनामा सुखानीको जंगलमा कार्यक्रम भएको थियो।
झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको सुखानी जंगलमा रहेको सुखानी पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुअघि उनीहरूले सहिदहरूको शालिकमा माल्यार्पण गरेका थिए। प्रधानमन्त्री ओलीले सुखानी पार्कमा निर्मित स्तम्भको उद्घाटन पनि गरे।
सोही कार्यक्रममा केही दिनअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारी र शनिबार राती निधन भएका भरतमोहन अधिकारीको फोटोमा श्रद्धाञ्जलि अर्पण समेत गरेका थिए।
२०२९ साल फागुन २१ गते कम्युनिस्ट आन्दोलनका अगुवाहरूलाई प्रहरीले सुखानीको जंगलमा गोली हानी हत्या गरेको थियो। झापा विद्रोहका अगुवाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठ उक्त घटनामा मारिएका थिए।
सोही वर्ष कात्तिकमा पक्राउ गरिएका उनीहरूलाई झापाबाट इलाम कारागार सार्ने बहानामा गोली हानी हत्या गरिएको थियो।
हेर्नुस् सुखानीमा भएको कार्यक्रमका फोटोहरू ः
_20190305142110.jpg)
_20190305142110.jpg)
_20190305142111.jpg)
_20190305142111.jpg)
_20190305142112.jpg)
_20190305142112.jpg)
_20190305142112.jpg)
_20190305142113.jpg)
_20190305142113.jpg)
_20190305142114.jpg)
_20190305142115.jpg)
प्रतिक्रिया दिनुहोस !