बादी समुदायले भने : साहित्यको नाममा हाम्रो अपमान, सर्वोच्चको आदेश मान
काठमाडौं : बादी समुदायका अगुवाले अदालतको आफूहरुको पक्षमा भएको सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न माग गरेका छन् ।
बादी समुदायको अपमान हुने गरी लेखिएका दुई उपन्यास र एक चलचित्र सम्बन्धमा सर्वोच्च अदालतबाट भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि उनीहरुले माग गरेका हुन् ।
यही फागुन १५ गते अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चारवटा निकायलाई निर्देशनात्मक आदेश दिएको छ । उनीहरुले अदालतको फैसलाले बादी समुदायको आत्मासम्मान गरेका सुखीसमेत प्रकट गरेका छन् ।
थमनकुमार भण्डारीद्वारा निर्माण तथा दीपक वलीद्धारा निर्देशित 'पण्डित बाजेको लौरी' चलचित्र सरस्वती प्रतिक्षाद्धारा लिखित तथा बुक हिल् प्रकाशनबाट प्रकाशित नाथिया, विवेक ओझाद्धारा लिखित र साग्रिला प्रकाशनबाट प्रकाशित ऐलानीमा बादी समुदायको अस्मिता र आत्मासम्मानमा असर पर्न गरेको भन्दै मुद्दा दायर गरेका थिए ।
बादी अगुवा केशव वादी, निर्मल वादी, गोपाल नेपाली, मिना वादी र रुञ्जिता वादीले सयुक्तरुपमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए । संवैधानिक र कानी व्यवस्थाको उलघंन भएको भन्दै विरोध गरेका छन् ।
उनीहरुले पत्रकार सम्मेलन गरी अदालतको आदेशले वादी समुदायको अधिकार, न्याय र आत्मसम्मानको प्रत्याभूति हुने काम भएको भन्दै रखुसी प्रकट गरेका छन् । राष्ट्रिय वादी परिषद्का अध्यक्ष केशव नेपालीले अदालतको फैसला कार्यान्वयन हुनेमा विश्व प्रकट गरेका छन
प्रतिक्रिया दिनुहोस !